रग्बी विश्वकप ट्रफी नेपालमा



नेपाल समाचारपत्र
काठमाडौं
विश्वकप फुटबल र विश्वकप क्रिकेटको ट्रफी नेपालमा सार्वजनिक गरिएपछि हाल रग्बी विश्वकप ट्रफी नेपालमा आइपुगेको छ। रग्बी विश्वकप ट्रफी टुरअन्तर्गत ट्रफी पुग्ने राष्ट्रमा नेपाल २०औं राष्ट्रसमेत बन्यो। बिहीबार सगरमाथा बेस क्याम्पभन्दा माथि ५ हजार ५ सय मिटर उचाइको कालापत्थरमा ट्रफी पुर्याइएको थियो। यसरी यति उचाइमा उक्त ट्रफी पुर्याएको पहिलो पटक हो।

शुक्रबार ट्रफीलाई पाटन मन्दिरमा सार्वजनिक गरियो। वेब इलिस कप भनेर परिचित विश्वकप रग्बी ट्रफी शनिबार टुंडिखेलमा राखिने पनि जनाइएको छ। जापानमा आगामी वर्ष २०१९ मा हुने विश्वकप ट्रफीलाई अवलोकन गर्न टुंडिखेलमा करिब ५ हजार दर्शकले हेर्ने आशा गरिएको विश्व रग्बीका प्रमुख बिल बिउमन्टले बताए।

नेपाल रग्बी संघले जनाएअनुसार ट्रफी मंसिर २४ गते सोमबारसम्म काठमाडौंमा रहनेछ। संघकै समन्वयमा विश्व सम्पदाको सूचीमा रहेका स्थानप्रति संसारकै ध्यान केन्द्रित गर्न ट्रफी प्रदर्शन गरिएको छ। जसअनुसार स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ र पाटन दरबार स्क्वायरमा प्रदर्शनी गरिने संघले जनायो।

प्रतिक्रिया दिनुहोस्