काम नलाग्ने भनेर फालिएका बस्तु बने शैक्षिक सामाग्री



धनवीर दाहाल, रुकुम । एक पटक प्रयोग गरिसकेको बस्तुलाई हामी पुनः प्रयोग गर्न हिचकिचाउँछौं । काम नलाग्ने भनेर टोकरीमा तथा डस्वीनमा फालिएका बस्तुलाई पुनः प्रयोग गरेर शैक्षिक सामाग्री बनाइन्छ भनेको सुन्दा अचम्म लाग्न सक्छ । तर रुकुम पश्चिमका बिद्यालयले भने फुटेका चुरा, च्यातिएका कुसन,भाँचिएका काठहरुबाट शैक्षिक सामाग्री निमार्ण गरी बिद्यार्थीलाई शिक्षण सिकाई क्रियाकलापमा सहभागी बनाउन थालेका छन् । बिद्यालयहरुले बिद्यार्थीलाई नै त्यस्ता शैक्षिक सामाग्री बनाउन लगाई प्रयोग गर्न थालेका छन् ।

वालवालिकालाई घोगन्ते भन्दा व्यवहारिक शिक्षामा जोड दिलाउनका लागी बिद्यालयहरुले बिद्यालयमै भएका काम नलाग्ने बस्तुहरुलाई पनि शैक्षिक सामाग्रीको रुपमा प्रयोग गरेका हुन् । बालबालिकाहरुलाई घरमा पढ्ने वातावरण तयार गर्नमा परिवार र समुदायबाट सहयोग पुर्याउने लक्ष्यका साथ रुकुम पश्चिमको आठबिसकोटमा भएको जिल्ला स्तरिय पढाई मेलामा बिद्यार्थीहरुले आफुले बनाएका शैक्षिक सामाग्री प्रर्दशन गरेका थिए ।

अभिभावकहरुले शिक्षकहरुलाई शिक्षण सिकाइ क्रियाकलाप, सिकाइ सुधार, पढाइ सुधार, शैक्षिक वातारण सुधार गर्नमा पढाई मेलाले अभिप्रेरित गर्ने बिश्वास गरिएको स्थानीय शिक्षक इन्द्रलाल शर्माले बताउनुभयोे । विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र विश्व शिक्षाको प्राविधिक सहयोग तथा मिक नेपालको आयोजनामा भएको पढाई मेलाले आधारभूत तहका विधार्थीहरुमा सफाई, खुवाई, पढाई, सिकाईको सिप विकास गर्नमा महत्वपुर्ण उपलब्धी हासिल गर्ने मिक नेपालका अध्यक्ष भिउमान घर्तीको भनाई छ ।

विद्यार्थीहरुको बाहिरी ज्ञान सहितको पढाइलार्ई एक अर्कामा आदान प्रदान गर्ने अवसर पढाई मेलाले दिएको छ । मेलामा अहिले सम्म मिक नेपालले गरिराखेको विद्यालयहरुमा सहयोग पढाइ सामाग्री तथा पाथय पुस्तक पनि प्रदर्शन गरिएको थियो । मेलामा बिद्यार्थीहरुले कथा बाचन, शुद्द शब्द बाचन, नृत्य प्रतियोगिता राखिएको थियो । विद्यालय तथा विद्यार्थीलाई थप हौसला प्रदान गरेको विश्व शिक्षा कार्यक्रमका जिल्ला कार्यक्रम अधिकृत प्रमोद बिष्टले बताउनुभयो । रुकुम पुर्व र रुकुम पश्चिममा संचालित यो कार्यक्रमले बिद्यार्थीको पढाईमा सहयोग पुर्याएको मिक नेपाल कार्यक्रम संयोजक सिता बिष्टले बताउनुभयो ।

मिक नेपालका अध्यक्ष भिउमान घर्तीका अनुसार वालवालिकालाई व्यवहारिक शिक्षामा यसले मद्धत पुर्याउने छ । आठबिसकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर ओलीले अन्य मेलाहरु भन्दा शिक्षा क्षेत्रमा गरिने पढाई मेला राम्रो भएको बताउनुभयो । जिल्ला समन्वय समिती रुकुम पश्चिमका कार्यवाहक प्रमुख टेकबहादुर ओलीले नयाँ र वालवालिकाले छिट्टै सिक्ने वातावरण गराउन पनि पढाई मेला अतिआबश्यक भएको दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्