फोटोपत्रकार महर्जनलाई आर्थिक सहयोग



काठमाडौं ।
मृगौला रोगबाट पीडित फोटो पत्रकार आशाकाजी महर्जनको उपचारको लागि ७६ हजार ५ सय ६५ रुपैया“ सकंलन भएको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबूले शुरु गरेको आर्थिक सहयोग जुटाउने अभियानका क्रममा सो रकम सकंलन भएको हो । अभियानका संयोजक नृपेन्द्रलाल श्रेष्ठले अभियान शुरु भएको घोषणा गरे लगतै समारोहमा उपस्थिति विभिन्न व्यक्ति र संस्थाका प्रतिनिधिहरुले पत्रकार महर्जनलाई रकम हस्तान्तरण गरेका थिए ।

कूल रकम मध्ये ५९ हजार १० रुपैया“ पत्रकार महर्जनलाई प्रदान गरिएको थियो ।संयोजक श्रेष्ठका अनुसार विभिन्न व्यक्तिहरुले सार्वजनिक रुपमै आर्थिक सहयोग गर्ने घोषणा गरे अनुसारको रकम १७ हजार ५ सय ५५ प्राप्त भए पछि पत्रकार महर्जनलाई प्रदान गर्ने छ । पत्रकार दबूका अनुसार अभियान अन्र्तगत दोस्रो कार्यक्रम ललितपुरमा हुने छ ।

सो अवसरमा पत्रकार दबुका अध्यक्ष श्रीकृष्ण महर्जनले पत्रकारहरु कुनै बिरामी, दुर्घटना वा कुनै समस्या उत्पन्न भए आर्थिक सहयोग प्राप्त गर्नका लागि १० लाखको अक्षयकोष स्थापना गर्ने तयारी भइरहेको बताउनुभयो ।

लामो समयदेखि मधुमेहबाट पीडित महर्जनलाई २०७३ सालमा मृगौलामा पनि समस्या देखिएको हो ।चिकित्सकहरुका अनुसार उहा“को मृगौलामा अलि जटिल समस्या (तेस्रो चरणको रोग) देखिएको छ । २८ वर्षदेखि पत्रकारिता क्षेत्रमा संलग्न पत्रकार महर्जनले विश्वभूमी, न्हूगु विश्वभूमी, कान्तिपुर हु“दै करिब १५ वर्षसम्म महानगर र नेपाल समाचारपत्रमा आबद्ध हुनुभएको थियो ।

सहयोग रकम दिनेहरु
रकम हस्तान्तरण गर्नेमा अधिकाशं सञ्चार संस्था र पत्रकारहरु नै रहेको छ । ५ हजार रुपैया“ सहयोग दिनेमा लहना मिडिया, ज्वजलपा साप्ताहिक, डा महेशमान श्रेष्ठ, लेखक घनश्याम राजकर्णिकार, डा. ज्योति तुलाधर, ३ नंम्बर प्रदेशका सांसद् राजेश शाक्य, दीपक तुलाधर, पवित्र बज्राचार्य र दिनेशराम श्रेष्ठ रहनुभएको छ ।

त्यसैगरी डा. ज्योति तुलाधर र स्वयम्भु तुलाधरबाट ४ हजार रुपैया“, साहित्यकार सुधीर ख्वबी, जोरगणेश बचत तथा ऋण सहकारी संस्था र नेवा अनलाईन न्यूजबाट २÷२ हजार रुपैया“ प्राप्त भएको छ ।

त्यस्तै सम्यक साप्ताहिकबाट १ हजार ५ सय रुपैया“, सुनीता कायष्ठ १ हजार १० रुपैया“ र इन्दु शाहीबाट ५ सय रुपैया“ प्राप्त भएको छ ।हरिकृष्ण महर्जन, सः छगू फरक अभिव्यक्तिया भन्ने संस्था, सुनील बज्राचार्य, रचना श्रेष्ठ, विगेन तुलाधर र प्रज्वल शाक्यबाट १ ÷१ हजार रुपैया“ संकलन भएको छ ।

सहयोग गर्ने प्रतिबद्धता
त्यसैगरी आदिवासी जनजाति पत्रकार महासंघ, सुरबहादुर श्रेष्ठ र रामशरण साय्मीले ५÷५ हजार रुपैया सहयोग गर्ने घोषणा गर्नुभयो । त्यसैगरी पत्रकारद्वय उत्तम श्रेष्ठ र उपेश महर्जनले क्रमशः १ हजार रुपैया“ र १ हजार ५ सय ५५ रुपैया“ सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्