एसिड आक्रमण



मानागुवा,(एजेन्सी)
निकारागुवाको राजधानी मानागुवामा एकजना ५९ वर्षिय धर्माधिकारी माथि विहविार एसिड आक्रमण भएको छ । मेट्रोपोलिटन चर्चमा स्विकारोक्ति सुनुुवाई सकाएर बाहिर निस्कना साथ मिगेल गुएभारा माथि एकजना अज्ञात महिलाले एसिड फालेकी थिइन् । अनुहार , पाखुरा र काँध नराम्ररी जलेका उनको स्थानिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चर्चमा प्रार्थन गर्न आएका अन्य व्यक्तिहरुले ति महिलालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइ दिएको स्थानिय संचार माध्यमले जनाएके छ । प्रहरीले यस सम्बन्धमा गम्भीर अनुसनधान भइरहेको जनाएके छ ।

प्रतिक्रिया दिनुहोस्