छक्का पञ्जा ३ ले मनायो ५१औं दिन



लोकप्रिय हास्य सिरिज छक्का पञ्जा ३ ले प्रदर्शनको ५१औं दिन पार गरेको अवसरमा खुसीयाली मनाएको छ।

यस अवसरमा मंगलाबार राती राजधानीमा आयोजित सक्सेस पार्टीमा प्रदर्शनको ५१औं दिन पार गर्ने उपत्यकाका ९ र उपत्यकाबाहिरका ४ हललाई सम्मानपत्र प्रदान गरिएको थियो भने फिल्म युनिट र पत्रकारलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा ख्यातिप्राप्त हास्य अभिनेता मदनकृष्ण श्रेष्ठले शुभकामना दिएका थिए। ‘दीपक र दीपास“ग दर्शकलाई हलसम्म ल्याउने खुबी छ’, कार्यक्रममा मदनकृष्णले भने– ‘दीपा र उनीसहितको टिमलाई अझै सफलताको कामना।’ त्यसै गरी अभिनेता नीर शाहले पनि दीपाको कामको प्रशंसा गर्दै भने– ‘दीपाले ≈याट्रिक गर्दै आफूलाई सफल निर्देशक बनाइसकेकी छिन्।

टिमवर्कले दिने सफलताको रिजल्ट छक्का पञ्जा ३ हो।’ फिल्मका लेखक तथा अभिनेता दीपकराज गिरीले नेपालमा अत्यधिक कमाउने फिल्म नेपाली नै रहेको चर्चा गरे। नया“ र पुराना कलाकर्मीको बाक्लो उपस्थितिप्रति दीपाले आफूले कमाएको विश्वास र माया रहेको बताइन्। ‘हाम्रो कमाइ नै यही हो, फिल्मकर्मीको माया अनि दर्शकको माया र विश्वास।’ –कार्यक्रममा दीपाले भनिन्।

सो अवसरमा फिल्मका गीतमा छक्का पञ्जा ३ का कलाकारले नृत्य प्रस्तुत गरी खुसी साटेका थिए।

 

प्रतिक्रिया दिनुहोस्