विराटको कमाई २ अर्ब भन्दा बढी



नयाँ दिल्ली, (एजेन्सी)
भारतमा सबैभन्दा बढी आर्जन गर्ने सेलिब्रेटीको सूचीमा क्रिकेटर विराट कोहली दोस्रो स्थानमा रहेका छन् ।

बुधबार फोब्र्सले भारतीय सेलिबे्रटीको कमाईको आधारमा सूची सार्वजनिक गर्दा पहिलो स्थानमा एक्टर सलमान खान पहिलो स्थानमा रह्यो । तर भारतीय खेलतर्फको सेलिब्रेटीमा भने कोहली कमाईको मामिलामा पहिलो स्थान ओगटेको छ । भारतीय कप्तान कोहलीको वार्षिक आम्दानी २ अर्ब २८ करोड भारु रहँदा उनी सलमान भन्दा २५ करोड रकमले मात्रै पछि परेका हुन् । तर कोहलीले गत वर्षको भन्दा १ अर्ब २७ करोड ३७ लाखले बढी कमाई गरेका छन् ।

भारतीय संचार माध्यमले जनाएनअनुसार यो २०१७ अक्टूबर १ देखि २०१८ सेप्टेम्बरसम्म कमाईको आधारमा सूची तयार गरेको थियो । शीर्ष १ सय को सूचीअन्तर्गत भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनी दोस्रो सर्वाधिक कमाउ गर्ने भारतीय खेलाडी बनेका छन् । समग्रमा पाँचौ स्थानमा रहेका धोनीले १ अर्ब १ करोड ७७ लाख भारु कमाउँदा गत वर्षको भन्दा ३८ करोड रकम बढी हो ।

यस्तै सचिन तेन्दुलकर सो सूचीमा तेस्रो सर्वाधिक कमाउने भारतीय खेलाडी बने । समग्रमा नवौं स्थानमा रहेका सचिनको वार्षिक आम्दानी ८० करोड भारु हो । यो गत वर्षको तुलनामा साढे २ करोड कम भएको छ । क्रिकेटर पछि ब्याडमिन्टनका खेलाडीले चौथो स्थान हात पारेको छ । समग्रमा २०औं स्थानमा रहेकी पीभी सिन्धुको वार्षिक कमाई ३६ करोड ५० लाख भारु रहेको छ । २३ वर्षीया सिन्धुको कमाई गत वर्ष ५७ करोड २५ लाख रकम थियो ।

प्रतिक्रिया दिनुहोस्