प्रदेशका कार्यालयको विकास खर्च शून्य



विनोद सिंहविष्ट, बैतडी
बैतडीमा सुदँरपश्चिम प्रदेश सरकार मातहत स्थापना भएका विभिन्न सरकारी कार्यालयहरुको प्रथम चौमासिकको विकास खर्च शँन्य जस्तै भएको छ ।
बैतडी, दार्चुला र बझाङ जिल्लामा निर्माण हुने प्रादेशिक रणनीतिक सडक, ठँल्ठँला झोलुंगे पुल र सडक पुल निर्माण गर्नका लागि बैतडीमा भौतिक पँर्वाधार विकास कार्यालय स्थापना भएपनि पहिलो चौमासिकमा विकास बजेट खर्च नभएको कार्यालयले जनाएको छ ।

कार्तिक महिनामात्रै कार्यालय स्थापना भएको ढिलो गरी अख्तियारी आएकाले पहिलो चौमासिकमा विकास बजेट खर्च नभएको भौतिक पँर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर जगतप्रसाद जोशीले बताउनुभयो । भौतिक पँर्वाधार विकास कार्यालयले तीनओटै जिल्लामा ९९ ओटा सडक निर्माण गर्ने अख्तियारी पाएको भएपनि अहिले सम्म एउटा काम पनि शुरु भएको छैन् ।

कर्मचारीको अभावमा काम शुरु गर्न नसकिएको सिनियर डिभिजनल इन्जिनियर जोशीले बताउनुभयो । बैतडी र दार्चुला हेर्ने गरेर बैतडीमा स्थापना भएको कृषि ज्ञानकेन्द्रले पनि समान्य काम बाहेक अन्य काम सञ्चालन गर्न नसकेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दको भनाई छ ।

प्रदेश सरकार मातहत स्थापना भएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले पनि पहिलो चौमासिकमा विकास खर्च गर्न सकेको छैन् । अख्तियारी नै नआएको विकास खर्च गर्न नसकेको कार्यालयका पशुसेवा प्राविधिक बिसनसिंह बिष्टले बताउनुभयो ।

विकास निर्माणका कामसंग प्रत्यक्ष जोडिएको जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयले पनि पहिलो चौमासिक विकास बजेट तर्फ एक रुपैंया पनि खर्च गर्न सकेको छैन् । अख्तियारी नै ढिला आएकाले विकास निर्माणका काम अघि बढाउन नसकिएको कार्यालयका ओभरसियर गोविन्द भट्टले बताउनुभयो।

प्रदेश सरकार मातहत स्थापना भएका कार्यालयले पहिलो चौमासिक विकास बजेट खर्च नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयका सहायक सँचना अधिकारी पँर्णानन्द जोशीले बताउनुभयो।

पहिलो चौमासिकको बजेट खर्च सुन्य जस्तै भएपछी प्रदेश सरकारको आलोचना समेत हुने गरेको छ। आफु मातहतका सरकारी कार्यलयमा आएको विकास खर्च समेत गर्न नसक्दा आलोचना हुँदै गएको हो ।
कर्मचारी पुगेनन्

सुदँरपश्चिम सरकार मातहत बैतडीमा स्थापना भएको पँर्वाधार विकास कार्यालयमा कर्मचारीको पनि अभाव भएको छ । कार्यालयमा कर्मचारी नहुँदा कार्यालयले गर्ने काम अघि बढाउन नसकिएको पँर्वाधार विकास कार्यालय बैतडीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर जगतप्रसाद जोशीले जानकारी दिनुभयो ।

७ सव इन्जिनियर र ४ जना इन्जिनियरहरुको दरबन्दी भएको कार्यालयमा एक जना सब इन्जिनियर र एकजना इन्जिनियर बाहेक अन्यको पदपँर्ति हुन नसकेको उहाँले बताउनुभयो । दार्चुला, बैतडी र बझाङ तीन जिल्लामा प्रादेशिक रणनीतिक सडक, सडक पुल र ठँलठँला झोलुंगे पुल निर्माणको जिम्मा पाएको कार्यालयले कर्मचारीको अभावमा काम अघि बढाउन नसकेको जोशीको भनाई छ ।

कार्तिक महिनामा स्थापना भएको कार्यालयले पहिलो चौमासिकमा कुनै काम गर्न पाएन् भने कार्यालय स्थापना भएयता कर्मचारीको अभावमा काम हुन सकेको छैन् । चालु आर्थिक बर्षमा तीनओटै जिल्लामा ९९ ओटा सडक निर्माणको जिम्मा पाएको कार्यालयले कर्मचारीको अभाव हुँदा समस्या भएको जनाएको छ । कर्मचारीको अभावमा काम समयमै नसकिने चिन्ता बढेको छ ।

प्रतिक्रिया दिनुहोस्