नयाँ इटालियन माफिया बोस गिरफतार



रोम,(एजेन्सी)
इटालियन प्रहरीले सिसिलियन माफियाको नयाँ नाइके भनिएका एक व्यक्ति लगायत उनको अन्य पैंतालिस जना सहयोगीलाई मंगलवार गिरफतार गरेको छ । बिहान सवेरै पाल्मेरो शहरमा छापा मारेर ति माफिया बोस बताइएका तथा जुवाहरात व्यापारी सेटिमो मिनियोलाई पक्राउ गरिएको हो ।

उनी गत मे महिनामा भएके माफियाको विशेष बैठका कोसा नोस्ट्रा गडफाडरको रुपमा छनौट भएको बताइएको छ । इटालियन संचार माध्यमले उनलाई एक वर्ष अघि कारागारमै मृत्यु भएक टोटो रिनाका उत्तराधिकारीको रुपमा चित्रण गरेको छ ।

आशंकित माफिया सदस्यहरुलाई जवर्जस्ती रकम उसुली , हातहतियारको दुरुपयोग , आगजनी तथा अन्य अपराधहरुको अभियोग लगाइएको छ । लामो समय देखि बैठक नबसेको सिसिलियन माफिया कोसा नोस्ट्राले कुपोला नामक नेतृत्वलाई पुननिर्माण गर्न लागेको बताइएको छ ।
गड फाडर ‘ क्यापो डेइ क्यापी ’ अर्थात बोसहरुको पनि बोसको रुपमा चिनिन्छन् । इटालियन गहमन्त्री मात्तियो सालिभनीले ट्विटरमा लेखेका छन् , ‘ अर्धसैनिक प्रहरी क्याराविनिएरी असाधारण क्षमता प्रदर्शन गर्दै कोसा नोस्ट्राको नयाँ कुपोलालाई धवस्त पार्न सफल भएको छ । ’

केहि वर्ष यता इटालियन प्रहरीले लगातार रुपमा कोसा नोस्ट्राको संजाल माथि प्रहार गर्दै आइरहेको थियो । टोटो रिना कारागारमा थुनिएकाले यो समुह लामो समय सम्म कमजोर बन्न पुगेको थियो ।

तर उनको मृत्यु लगत्तै गडफाडरको आदेश बिना नै माफियाले कुपोलाको पुननिर्माण गर्न थालेको हो । रिना आफ्नो डरलाग्दो क्रुरताका लागि निकै कुख्यात थिए ।

सन् १९९२ मा दुईजना सरकारी वकिल गियोभान्नी फाल्कोन र पाउलो बोर्सेल्लिनोलाई माफियाले उडाइदिएको छ महिनापछि रिनालाई प्रहरीले गिरफतार गरेको थियो । सिनाको आदेशमा मात्र १ सय ५० जना भन्दा बढि मानिसको हत्या भएको बताइएको छ ।

इटालियन संचार माध्यमले मिनियोले मोवाइल बोक्ने नगरेको तथा उनी कार द्धढ्नु सटा ंिहड्न मनपराउने जनाएको छ । अर्ध सेनाको माफिया विरोधि आयोगका अध्यक्ष निकोला मोर्राले मंगलवारको कारवाहीलाई इँगित गर्दै राज्यले सफलता पाएको तथा माफियाले आफ्नो प्रयास नछोडेजस्तै आफुहरुले पनि तिनीहरुलाई दमन गर्न नछोड्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्