कमलाले राष्ट्रपति उम्मेदवार बन्ने फैसला छुट्टिमा लिने



वासिङटन (एजेन्सी)
भारतिय मुलकी पहिलो अमेरिकी सिनेटर कमला ह्यारिसले अब आउने छुट्टीमा सन् २०२० को राष्ट्रपति चुनावमा भाग लिने वा नलिने भन्ने विषयमा फैसला लिने बताएकी छिन् । ५४ बर्षिय ह्यारिसले राष्ट्रपति चुनावमा उठ्ने वा नउठ्ने पुरै परिवारको फैसला हुने बताइन् ।

ह्यारिसले शनिबार सान फ्रान्सिस्कामा एक समारोहका क्रममा एमएसएनबीसीको कार्यक्रम ‘मर्निङ जोय‘ मा सह प्रस्तोता माइका ब्रजेजिन्स्कीसँगको साक्षात्कारमा भनिन्,‘अन्तत यो परिवारको फैसला हुनेछ । ‘
उनले भनिन्, म छुट्टिमा आफनो परिवारसँग फैसला गर्नेछु ।
डेमोक्र्याटिक मतदाताहरु माझ नोभेम्बरमा सम्मन्न सुझाव संकलनमा कमला ह्यारिस पाँचौ स्थानमा परेकी थिइन् । पोलिटिको न्युजले दिएको समाचार अनुसार उनी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध बलियो उम्मेदवार हुनेछिन् । क्यालिफोर्नियाको आकल्यान्डमा जन्मेकी ह्यारिसकी आमा भारतिय मुलकी थिइन । उनकी आमा सन् १९६० मा चेन्नइबाट अमेरिका पुगेकी थिइन ।

उनका पिता जमैका मुलकी अमेरिकी थिइन् । ओबामाको शासनका कालमा उनको नजिक मानिएका ह्यारिसलाई ‘फिमेल ओबामा‘ उपनामले चिनिन्थ्यो ।

 

प्रतिक्रिया दिनुहोस्