इन्गेजमेन्ट औंठीको चर्चा



न्युयोर्कसिटी,(एजेन्सी)
अमेरिकाको न्युयोर्क स्थित टाइम्स स्क्वायरमा शुक्रवार इन्गेज्मेन्ट गने क्रममा विवाहको औंँठी हराउन पुगेका एक दम्पतीलाई न्युयोर्क प्रहरीले व्यापक खोजि गरिरहेको छ ।

तिनीहरुको औंठी ढलमा खसेको थियो । सिसिटिभि फुटेजमा ति रोमान्टिक जोडी खसेको औंठी भेटाउने असफल प्रयासमा लागेको देखिन्छ । सो फुटेज हेरेपछि प्रहरी अधिकारीहरु आफैले मिहनत र प्रयास गरेर औंठी फेला पारेका थिए ।
तिनीहरुले सो औंठी लिन आउन ति अज्ञात दमपतीलाई आव्हान गर्दै सुचना प्रवाह गरेको छ ।

शुक्रवार मध्यराति सो फुटेज फलापर्ना साथ प्रहरीले रिलिज गरेको थियो । प्रहरीले सो औंठीको तस्वीर समेत टिवटरमा राखेर तिनीहरुलाई लिन आउन आब्हान गरेको हो । प्रहरी तिनीह्रुको रोमान्टिक हाउभावको कारण प्रभावित भएके हो ।

प्रतिक्रिया दिनुहोस्