राष्ट्रपति नै नक्कली भएको हल्लाको खण्डन



अवुजा,(एजेन्सी)
नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले आफु मरिसकेको र आफ्नो स्थानमा हुबहु अनुहार मिल्ने मानिसलाई प्रयोग गरिँदै गरेको हल्लाको सोमवार खण्डन गरेका छन् । बुहारीले भनेका छन् , ‘ केहि मानिसले मलाई क्लोन गरिएको ठान्दछन् । तर म सक्कली हुँ ।

तपाईंहरु सबैलाई विश्वास दिलाउनु चाहन्छुँ । सुडानबाट जुव्रिल नामक मानिसलाई उनको स्थानमा प्रयोग गरिएको हल्ला अनलाइनमा भाइरल भएको छ । आगामी वर्षको फेब्रुअरीमा पुन निर्वाचनमा भाग लिने योजनामा रहेका ७६ वर्षिय बुहारी सन् २०१५ मा सत्तामा पुगे देखि नै अस्वस्थ रहँदै आएका छन् ।

सन् २०१७ मा उनले तीन महिना लामो बिरामी विदा लिएर उपचारका लागि संयुक्त अधिराज्यको एक अस्पतालमा उपचार गराएका थिए । तर त्यहाँबाट नाइजेरिया र्फेपछि भने उनले आफु कहिल्यै गम्भीर बिरामी नै नभएको बताए पनि आफुलाई लागेको रोगबारे केहि खुलाएको थिएन ।

त्यसयता उनलाई आफु पुर्ण स्वस्थ रहेको दावी गर्दै आएका छन् । एएफपिको सत्य तथ्या अनुसन्धानले उनको दोहरो रुप भएको हल्ला गत वर्षेदखि फेसुबुक , ट्विटर र युट्युवमा भाइरल हुन थालेको जनाएको छ । हल्ला सम्बन्धी ति पोस्ट पााच लाख पटक भन्दा बडिढ हेरिएको बताइएको छ । यस्तो हल्ला फैलाउनेमा बुहारी अघिका नेता गुडलक जोनाथनका पुर्व सहयोगीको प्रमुख हात रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्