कतारद्वारा ओपेकबाट बाहिरिन फैसला



दोहा (एजेन्सी)
विश्वमा सबैभन्दा धेरै तरल प्राकृतिक ग्यास (एलएनजी) निर्यात गर्ने देश कतार अर्को बर्षबाट तेल उत्पादनक देशको समुह ओपेकबाट बाहिर निस्किने भएको छ ।

कतारका उर्जा मन्त्री साद अल काबीले यसको पुष्टि गर्दै उनको देश अब ग्यास उत्पादनमा विशेष ध्यान दिन गइरहेको र त्यसको लागि तेल उत्पादकहरुको संगठन छोड्ने फैसला लिइएको बताए । उनले भने– सन् २०१९ जनवरीमा कतारले ओपेकको सदस्यता फिर्ता गर्ने फैसला गरेको छ र ओपेकलाई यसको जानकारी दिइसकेको छ ।

कतारले अत्यन्तै विशेष र ठुलो मानिएको यो निर्ण आगमी डिसेम्बर ६ मा हुन गइरहेको ओपेक देशका बैठक अगाडी लिएको हो । कतार ओपक गठनको एक बर्ष पछि सन् १९६१ मा नै त्यसको सदस्य बनेको थियो । ओपेकबाट बाहिरिने निर्णय गर्ने कतार पहिलो ओपेक सदस्य राष्ट्र हुनेछ ।

विगत एक बर्षदेखि साउदी अरेबिया , युनाइटेड अबर इमिरेट्स, बहराइन र इजिप्ट जस्ता छिमेकी देशहरुसँग कतारको कुटनितिक सम्बन्ध लगातार विग्रँदै गइरहेको छ ।

ती देशरुले आतंकवादलाई समर्थन गरेको आरोपमा कतारमाथि गत बर्षको जुन देखि नै ब्यापारिक तथा आवागमन जस्ता गतिविधिहरु माथि रोक लगाएका थिए । यद्यपी कतारले यो पैmसला कुनै प्रकारको राजनितिक दबावमा नलिएको जनाएको छ ।

कतारले भविष्यमा पनि कच्चा तेलको उत्पादन जारी राख्ने तर ग्यास उत्पादनमा धेरै ध्यान दिने काबीले बताए । यसको कारण कतार विश्वमा एलएनजीको सबैभन्दा ठुलो निर्यातक भएको बताए । काबीले भने–कच्चा तेलमा हाम्रो लागि धेरै सम्भावना छैन । हामी वास्तविकतामा यकिन गर्छौं । हाम्रो सम्भावना ग्यासमा छ ।

ओपेकको घोषणा अगाडी नै उक्त निर्णयका बारेमा सुचित गरिएको काबीले बताए । कतार उक्त संगठनको सानो खेलाडी भएको र उसले आफनो विकासमा ध्यान दिनु पर्ने उर्जा मन्त्री काबीले बताए । ‘त्यसैले हामी संगठनबाट अलग हुन गइरहेका छौं । यद्यपी कतार ठुलो हिस्सेदार नभएपनि ओपेकका लागि महत्वपुर्ण हो । ‘ उनले बताए ।

कतारले दैनिक ६ लाख ब्यारेल तेल उत्पादन गर्छ । साउदी अरेबियाले १ करोड १० लाख ब्यारेल प्रतिदिन उत्पादन गर्छ र उ विश्वको सबैभन्दा ठुलो तेल उत्पादक तथा निर्यातक हो । दोहाले एलएनजीमा भने आफनो महत्वपुर्ण स्थान लिएको छ ।

अमेरिका र चीन बीच ९० दिनको ब्यापार युद्ध रोक्ने सहमति भएपछि तेलको मुल्यमा ५ प्रतिशत बृद्धी भएको छ ।

प्रतिक्रिया दिनुहोस्