उत्तर कोरियाली नेता किमसँग अर्को बर्ष पुन भेट्न सक्ने: ट्रम्प



वासिङटन (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका शासक किम जोंग उनसँग अर्को बर्षको सुरुवाट मै पुन भेट्न सक्ने बताएका छन् ।

आफुले सन् २०१९ को सुरुवाट सम्भवत जनवरी वा फेब्रअरीमा किमसँग शिखर बैठक गर्न सक्ने ट्रम्पले आशा ब्यक्त गरेका छन् । एक अर्कालाई बर्षौं देखि धम्की दिइरहेका यी दुई देशका राष्ट्राध्यक्षले जुनमा ऐतिहासिक शिखर बैठक गरेका थिए ।

अर्जेन्टिनामा जी २० शिखर सम्मेलनमा भाग लिई वासिंगटन फर्कने क्रममा शनिबार एयर फोर्स वनको विमानमा उनीसँग यात्रा गरिरहेका पत्रकारहरुसँगको साक्षात्कारमा भेटवार्ताका लागि तीन स्थानलाई लिएर विचार भइरहेको जानकारी दिए । भविष्यमा किमसँगको भेटवार्ताका सम्भावनाका विषयमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले आफुहरु जनवरी वा फेब्रुअरीमा एक भेटवार्ता गर्न गइरहेको बताए ।

महिनौं सम्म सैन्य धम्की र आरोप प्रत्यारोपपछि जुनमा ट्रम्प र किमले आफनो बैठकका क्रममा कोरियाली प्रायद्विपका परमाणु निसस्त्रीकरणमा छलफल गरेका थिए । दुबै नेताहरुले कोरिया प्रायद्विपमा निसस्त्रिकरण सम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेका थिए । तर वासिङटन र प्योंङयाङबीच मतभेदका कारण सहमतिमा प्रगति भने रोकिएको स्थिति रहेको छ । उत्तर कोरियाले आफ्नो परमाणु तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम रोक्नका लागि ससक्त कदम उठाएका छन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियो नोभेम्बरमा उत्तर कोरियाका शिर्ष अधिकारीहरुसँग भेट्ने कार्यक्रम रद्द भएको थियो । उत्तर कोरियाले अमेरिकामाथि प्रतिबन्धमा राहत दिन जोड दिनु त्यसको कारण थियो ।
यसअघि शुत्रबार ट्रम्पले जी २० बैठक बाहिर दक्षिण कोरियकाका राष्टपति मुन जेइ इनसँग भेटवार्ता गरेका थिए । दुबैले उत्तर कोरियाको अन्तिम र पुर्ण रुपमा परमाणु निसस्त्रीकरणमा आफनो प्रतिबद्धता दोहोर्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्