पुर्व अमेरिकी राष्ट्रपति बुसको निधन



वासिंगटन (एजेन्सी)
अमेरिकाका पुर्व राष्ट्रपति जर्ज डब्ल्यु बुसको ९४ बर्षको उमेरमा निधन भएको छ । उनको परिवारले शुक्रबार यसको जानकारी दिएको हो ।
सिनियर बुशले शीतयुद्ध अन्त्यपछि अमेरिकालाई अगाडी बढाउन मद्दत गरेका थिए । यसै बर्ष अप्रिल १७ मा उनकी पत्नी बारबरा बुसको ९२ बर्षको उमेरमा निधन भएको थियो ।

जर्ज एच डब्ल्यु बुस अमेरिकाका ४१ औं राष्ट्रपति थिए । उनी १९८९ देखि १९९३ सम्म अमेरिकी राष्ट्रपतिमा रहे । त्यो भन्दा अगाडी उनी सन् १९८१ देखि १९८९ राष्टपति रोनाल्ड रेगनको प्रशासनका क्रममा उनले उपराष्टपतिको भुमिका निभाएका थिए ।

उनी बर्तमान राष्ट्रपति डोनाल्ड टम्पको रिपब्लिकन पार्टीका सदस्य थिए । सत्तामा आउनु अगाडी उनी अमेरिकाको गुप्तचर एजेन्सी सीआईए प्रमुख र संयुक्त राष्ट्रमा अमेरिकाकी दुत पनि रहेका थिए ।

सिनियर बुसका छोरा तथा पुर्व राष्ट्रपति जर्ज डब्ल्यु बुसका तर्फबाट उनका परिवारका प्रवक्ताले ट्विटरमा विज्ञप्ती जारी उक्त जानकारी दिएको हो । ट्विटरमा भनिएको छ, यो खबर दिुन परेकोमा म, जेव, निल र मार्विन अत्यन्त दुखी छौ कि ९४ उल्लेखनिय बर्षपछि हाम्रा पिता अब यो जगतमा रहेन । जर्ज एच डब्ल्यु बुस उच्चतम चरित्रका ब्यक्ती थिए र उनी छोरा र छोरीका लागि सर्वश्रेष्ठ पिता थिए ।

उनको कार्यकालमा पहिलो खाडी युद्ध लडिएको थियो । सन् १९९१ मा इराकी तानासाह सद्दाम हुसेनले कुवेतलाई आफनो देशको भुभागमा गाभेपछि कुवेतको मुक्तीका लागि अमेरिकाको नेतृत्वमा सैन्य गठबन्धनले इराक विरुद्ध अन्तराष्टिय सैन्य कारवाही भएको थियो । भिषण सैन्य कारवाहीमा ठुलो क्षति ब्यहोरेपछि सद्दामले कुवेतमाथिको कब्जा छोडेका थिए र युद्ध टुंगिएको थियो ।

उनको यो कदमलाई मतदाताहरुले ब्यापक समर्थन गरेको देखिएपनि ह्वाइट हाउसमा एक कार्यकाल विताएपछि उनले पद छोड्नु पर्यो । दोस्रो कार्यकालका लागि भएको चुनावमा उनी आफना डेमाक्र्याट प्रत्यासी बिल क्लिन्टनसँग पराजित भएका थिए ।

बर्तमान राष्टपति डोनाल्ड टम्पले सिनियर बुसको निधनमा दुख ब्यक्त गरेका छन् । उनले एक विज्ञप्ती जारी भनेका छन् ( उनी एक राम्रो उदाहरण बनेर जीवित रहनेछ र अमेरिकीहरुको राम्रो भविष्य तर्फ बढ्नका लागि प्रेरित गरिरहनेछ ।
यसैबर्ष अप्रिलमा रगतमा संक्रमण देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो तर उनलाई अस्पतालले चाँदै डिस्चार्ज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्