तेल पाइपलाईन काटिए



लिमा (एजेन्सी)
पेरुको एक अमेजोन इलाकामा पाइपलाईन काटिनाले त्यसबाट ८ हजार ब्यारेल तेल पोखिएर फैलिएको छ । त्यहाँका वासिन्दाले उक्त तेल पाइपलाईन काटेकोले त्यसबाट उत्पन्न हुने विपत्ती प्रति सचेत रहन पेरुका एक तेल प्रबन्धकले भनेका छन् ।

उक्त घटनाले पर्यावरणिय विपत्तीको सामना गर्नु पर्न सक्ने देशको सरकारी तेल कम्पनी पेट्रोपेरुका प्रबन्धक विट्रिज अल्बाले एक टेलिभिजन च्यानललाई बताए । सुदुरपुर्वी लोरेटो क्षेत्रमा मोरोना जिलाका दुर्गम इलाकामा बस्ने एक समुदायका मानिसहरुले मंगलबार राती पाइपलाइन काटेको र कर्मचारीलाई पनि मर्मत गर्न नदिएको अल्वाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्