पेट्रोलको मूल्य ८ महिनायताकै सस्तो



भारत । यहाँ पेट्रोल र डिजेलको मूल्य घटने क्रम लगातार जारी छ । बिहिबार पनि पेट्रोलको मूल्यमा कमि आएको छ । आजको मूल्य समायोजनसँगै भारतमा पेट्रोलको मूल्य ८ महिनायताकै सस्तो भएको छ । उता डिजेलको मूल्य पनि तीन महिना यताकै सस्तो भएको छ ।

भारतमा पेट्रोल र डिजेलको मूल्य ४० दिनदेखि लगातार घटिरहेको छ ।

बिहिबार पेट्रोलमा ३३ पैसा र डिजेलमा ३६ पैसा मूल्य घटेको छ । राष्ट्रिय राजधानी दिल्लीमा पेट्रोलको मुल्य ७३.२४ भारु छ भने डिजेलेको मूल्य ६८.१३ भारु भएको छ ।

पछिल्लो ६ हप्तामा पेट्रोल र डिजेलमा क्रमशः १० र ७ भारु घटेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा कमी आएसँगै भारतमा पनि पेट्रोलको मूल्य लगातार कमी आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्