नर्वेका पुवं प्रमद्वारा भारत पाक नियन्त्रित काश्मिरको भ्रमण



नयादिल्ली (एजेन्सी)
गत हप्ता नर्वेका पुर्व प्रधानमन्त्री जेल मेग्ने बोन्डविक भारत प्रशासित काश्मिर र पाकिस्तान अधिनष्ठ काश्मिरको भ्रमण गरेको बताइएको छ ।
उनको उक्त आकश्मिक भ्रमणले धरैलाई आश्चर्यमा पारेको छ र उक्त भ्रमणलाई लिएर प्रश्न उठाइरहेका छन् ।

नेशनल कन्फ्रेन्सका नेता तथा जम्मु काश्मिरका पुर्व मुख्यमन्त्री उमर अब्दुल्ला यसलाई महत्वपुर्ण घटना बताउँछन् । उनको भ्रमणका विषयमा उनले अखबारमात्र थाहा पाएको उनले बताए । उनले गत मंगलबार ट्विटरमा भारत सरकारसँग उक्त भ्रमणका बारेमा पुरै जानकारी मागेकाछन् । तर उनले उक्त पहलको स्वागत पनि गरेका छन् । अब्दुल्लाले भने– हामी उनलाई कसले पठाएको भन्ने कुरा पत्ता लगाउने प्रयास गरिरहेका छौं तर खिचडी त पाक्नु पर्यो ।

केन्द्रिय सरकार हुर्रियत कन्फ्रेससँग कुरा गरिरहेको छैन । उसले उनीहरुलाई अलगथलग बनाइरहेको छ । यदि यसबाट हुर्रियत कन्फ्रेन्ससँग वार्ताका लागि ल्याउन सफलता पाउँछ भने त्यसको स्वागत गर्नु पर्ने उनले बताए ।

यसबीच भारतिय जनता पार्टीका एक वरिष्ठ नेता अशोक कौलले यस विषयमा आफुलाई कुनै जानकारी नभएको बताए । उनले विदेशी मध्यस्थतालाई भाजपा सरकारले स्विकार नगर्ने उनले थपे ।

सरकारका स्रोतहरुले ‘आर्ट अफ लिविंग‘का गुरु श्री श्री रविशंकर उक्त भ्रमणको पछाडी रहेको बताएकाछन् । अशोक कौलले उक्त सम्भावनालाई अस्विकार गरेको छैन ।

रविशंकर पहिले पनि काश्मिरमा मध्यस्थताको प्रयास गरिसकेका ब्यक्ती हुन् । तर उनको सरकारले विदेश मध्यस्थता स्विकार गर्छ भन्ने आफुलाई नलागेको उनले बताए ।

नर्वेका पुर्व प्रधानमन्त्रीसँग आफनो भेटवार्ता पछि पृथक्तावादी नेता मीरवाइज उमर फारुकले त्यसको विषयमा जानकारी दिँदै भने– भारत र पाकिस्तानलाई वार्ताका लागि एक टेबलमा ल्याउनु नै तपाईको सबैभन्दा ठुलो योगदान हुने उनलाई बताएँ । काश्मिरका नागरिक शान्ति प्रक्रियालाई अगाडी बढाउनमा पुरा सहयोग दिनेछ ।

मिरवाइजले उनलाई भारत वार्ताका लागि पटक्कै तयार नदेखिएको बताएका थिए । त्यसैले उनलाई कुनै पनि तेस्रो पक्ष आउनु पर्ने र अन्तराष्ट्रिय मध्यस्थतालाई आफुले स्वागत गर्ने उनले बताए ।

भारत सरकार अहिलेसम्म अन्तराष्ट्रिय मध्यस्थताको पक्षमा देखिएको छैन । केन्द्रले पृथक्तावादी नेताहरुसँग पछिल्लो पटक वार्ता २००६ मा प्रधानमन्त्री मनमोहन सिंहको शासनकालमा गरेको थियो तर त्यसको कुनै नतिजा निस्केन ।

काश्मिरको स्थिति अत्यन्त गम्भिर भएको र विग्रँदो स्थितिमा सबैपक्ष वार्ता प्रक्रिया थाल्नेमा सहमतिमा देखिएका छन् । त्यसैले नर्वेका पुर्व प्रधानमन्त्रीको यात्राले त्यहाँका नागरिकहरुमा आशाको किरण जागेको उमर अब्दुल्लाले बताए ।

प्रतिक्रिया दिनुहोस्