युद्ध अपराधको आरोपमा वरिष्ठ सैनिक अधिकारी पक्राउ



कोलम्वो,(एजेन्सी)
गृह युद्धकालिन नागरिक हत्याका घटनाहरु ढाकछोप गरेको अभियोगमा बुधवार श्रीलंकाका एकजना वरिषठ सैनिक अधिकारीलाई हिरासतमा लिइएको सरकारी अधिकारीहरुले बताएका छन् । पक्राउ पुर्जि जारी भएपछि चिफ अफ डिफेन्स स्टाफ रविन्द« विजेगुणेरत्नेलाई अदालतमा पेश गरिएको छ ।

सरकारी वकिलहरुले उनले सन् २००८ र २००९ बिच सरकारी फौजको पृथकतावादी तमिल लडाकुहरुसंग अन्तिम चरणको युद्ध चलिरहेको अवस्थामा एघारजना कलिलो उमेरका युवायुवतीको हत्या गर्ने अभियोग लागेका एकजना नौसैनिक गुप्तचर अधिकारीलाई बचाउने काम गरेको बताएक छन् ।

तर हिरासतमा रहेका एडमिरल विजेगुणरत्नेले आफु माथि लगाइएका समपुर्ण अभियोग अस्विकार गरेका छन् । राजधानी कोलम्वो स्थित अदालतले उनलाई आगामी ५ डिसेम्वरसम्म हिरासतमा राख्न आदेश दिएको छ । ति एघारजनालाई अपहरण गरी हत्या गरेको अभियोेग लागेका गुप्तचर अधिकारी भने अहिलेसम्म फरार रहेका छन् ।

नोभेम्वरको शुरुमै यिनी विरुद्ध तीनवाट पक्राउ पुर्जि जारी भइसकेको थियो । तर बल्ल उनी आफैं सैनिक पोशाकमा आफ्ना समर्थक र नौसैनिक अधिकाहरीहरुको समुह लिएर अदालतमा उपस्थित भएका हुन् । जमानतका लागि उनले दिएको निवेदन अस्विकार भएको छ ।

थुप्रै पत्रकारहरुले यस सम्बन्धी समाचार संकलन गर्न जाादा आफुहरु माथि आक्रमण गरिएको दावी गरेका छन् । अनितम चरणको युद्धको दौरान नेतृत्व पक्ष सरिहत दर्सौ हजारको संख्यामा तमिलहरु मारिएका थिए । तर युद्धरत दुवै पक्षलाई जथाभावी हिँसामा उत्रेको आरोप लागेको थियो ।

मानवअभिकारवादी समुहहरुले यस्ता अमानविय कार्यमा दोषि ठहरिएकाहरुलाई कानुनी कारवाही गर्नका लागि लामो समय देखि आवाज उठाउँदै आएका थिए । झण्डै २६ वर्ष लामो श्रीलंकाको पृथकतावादी आन्दोलनको दौरान करिव एक लाख मानिसले ज्यान गुमाउन पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्