फोटोपत्रकार हिरासतमा



बेइजिंग (एजेन्सी)
चीनको सिन्जियांग प्रान्तको पश्चिमी क्षेत्रमा यसै महिनाको सूरुमा बेपत्ता भएका पुरस्कार विजेता एक फोटो पत्रकारलाई सुरक्षा एजेन्टले हिरासतमा लिएको खुलासा भएको छ । फोटो पत्रकार लु गुआंगकी पत्नीले आफना पतिसँग नोभम्बर ३ को राती देखि उनको सम्पर्क टुटेको बताएकी छिन् ।

त्यसबेला उनी सिन्जियांगको राजधानी उरुम्कीमा थिए । न्युयोर्कमा बसिरहेकी गुआंगकी पत्नी सु सियाओलीले गुआंग स्थानिय फोटोपत्रकारहरुलाई प्रशिक्षण तथा उनीहरुसँगको सम्पर्कका लागि पर्यटकका रुपमा उक्त क्षेत्रको यात्रामा गएको जानकारी दिएकीछिन् ।

प्रतिक्रिया दिनुहोस्