‘एक प्रदेश एक मार्ग’को पहिलो चरणको मुल्याङ्कन



– डा. सर्वोत्तम श्रेष्ठ
चीनले एक प्रदेश एक मार्ग (वनवेल्ट वन रोड) वा बीआरई प्रस्तावना अघि सारेको पा“च वर्ष बित्न लागीसकेको छ । पा“च वर्षको अवधि भनेको धेरै लामो होइन, यद्यपि यो छोटो पनि होइन । अहिले चीनिया बौद्धिक, प्राज्ञिक जगतमा बीआरआइको पहिलो पा“च वर्षको मुल्याकंन गर्न थालेको छ ।
करिब दुई महिना पहिले चीन सरकार संस्कृति मन्त्रालयले आयोजना गरेको चिनिया अध्ययनको कार्यशाला गोष्ठीमा मैले पनि भाग लिने अवसर पाएको थिए“ । सो कार्यगोष्ठीमा शाङ्हाइ समाज विज्ञान प्रतिष्ठान उपकुलपति तथा इतिहास अनुसन्धान इन्ष्टिच्यूटका प्रमुख प्राध्यापक ह्वाङ् रेन्वेइले बीआरआइको पहिलो पा“च वर्षको मूल्यांकन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहा“बाट प्रेरित भई बीआरआइको मुल्याकंन सम्बन्धी यस आलेख प्रस्तुत गरेको छु ।

बीआरआइ कार्यान्वयनबाट गत पाँच वर्षमा के के उपलब्धिहरू भए ?
गत पा“च वर्षमा बीआरआईको पहिलो उपलब्धि भनेको यो कम समयमा विश्वव्यापी बन्न जानु हो । सन् २०१३ मा चीनिया राष्ट्रपति सी चिन्फीङ्ले कजाखस्तान र इण्डोनेसियामा पहिलोपटक ‘एक प्रदेश’ र ‘एक मार्ग’ को प्रस्तावना प्रस्तुत गर्नुभएको थियो । त्यति बेला उहा“ले ‘एक प्रदेश’ अन्तर्गत मध्यएसियाका ८–१० देशहरू र ‘एक मार्ग’ अन्तर्गत दक्षिण पूर्व एसियाका १०–१२ देशहरू मात्र समेटिने विचार व्यक्त गर्नुभएको थियो । तर पछि चीन सरकारको विभिन्न प्रयासद्वारा बीआरआइ विश्वव्यापी बन्दै गयो । अहिले बीआरआइ प्रस्तावनामा सहकार्य गर्ने सहमत भई हस्ताक्षर गर्ने देशहरूको संख्या १ सय १३ पुगिसकेको छ । त्यतिमात्र होइन, सन् २०१६ नोभेम्बर १७ मा संयुक्त राष्ट्र संघ साधारण सभाको निर्णयमा पनि बीआरआइ प्रस्तावना पहिलोपटक स्पष्ट रूपमा उल्लेख गरिएको छ । सन् २०१७ मे १४–१५ पेइचीङ्मा आयोजित बीआरआइ अन्तर्राष्ट्रिय सहयोगको शीर्ष सम्मेलनमा विश्वका १ सय ३० भन्दा बढी देशका १ हजार ३ सय भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बीआरआइ अहिले अन्तर्राष्ट्रिय समुदायमा एक महत्वपूर्ण शब्दावली बनिसकेको छ ।

बीआरआइको गत पा“च वर्षको दोस्रो उपलब्धि भनेको विश्वका विभिन्न महादेशहरू धेरैवटा ठूला साना परियोजनाहरू प्रारम्भ हुनु हो । यस्ता परियोजनाहरूमा रेलमार्ग, राजमार्ग, बन्दरगाह पुल निर्माण, पेट्रोलियम तथा प्राकृतिक ग्या“सका पाइपलाइन बिछ्याउने कार्य, थर्मल प्लान्टहरूको स्थापना, औद्योगिक क्षेत्रको स्थापना, सिंचाइ, जलविद्युत् उत्पादन आदि पर्दछन् । चीन सरकारले स्पष्ट रूपमा ‘बीआरआइ परियोजना भनेको विशाल परियोजना अहिलेसम्म १२ वटा छन् । ती परियोजनाहरुमा चीनिया सहयोगको अफगानिस्तानको मध्य भागको १ सय ४२ किलोमिटर लामो राजमार्ग, तेहरान रेलगाडी डिब्बा निर्माण, पाकिस्तानको ग्वादर बन्दरगाह निर्माण, अफगानिस्तानको परबान प्रान्तको सिंचाई, सुडानको जलविद्युत् परियोजनाको मेरोवे बा“ध परियोजना, कजाखस्तानको मध्य एसिया प्राकृतिक ग्यास पाइपलाइन बिछ्याउने रहेका छन् ।

त्यसैगरी श्रीलंकाको दक्षिण एसियाको सबैभन्दा ठूलो बन्दरगाह हाम्बान्टोटा बन्दरगाह, इरान तेहरानको मेट्रो ट्रेन निर्माण, बाङ्लादेशमा चीनिया पेट्र«ोलद्वारा सञ्चालित रेल तथा त्यसको नियन्त्रण सिष्टम निर्यात, चीनिया सहयोगको कम्पुचिया ६२ नम्बर राजमार्गको मर्मत र स्तरोन्नति, म्यानमारको बाग्रो प्रान्तको स्वेगीन जलविद्युत् स्टेशन निर्माण परियोजना, लाओस नान्ऊ नदीको नान्खाङ ३ जलविद्युत् परियोजना त्यसमा पर्दछ ।

यी बाहेक विश्वका विभिन्न स्थानहरूमा चीनको सहयोग तथा सहकार्य, संलग्नतामा अरु पनि धेरै ठूला परियोजनाहरू सञ्चालित छन् । ती सबैलाई स्पष्ट रूपमा बीआरआइ अन्तर्गतका परियोजनाहरू भनिएको छैन ।
तेस्रो प्रमुख उपलब्धि चीनस“गको कनेक्टिभिटीमा वृद्धि हो । त्यसो त चीनबाट युरोपमा पुग्ने केही रेलमार्ग सन् २०११ मै बनिसकेको थियो । तर त्यसमा गुड्ने रेलगाडीको संख्या धेरै कम थियो । बीआरआइ प्रारम्भ हुनुअघि सन् २०११ वर्षभरिमा चीनबाट युरोप जाने रेलमाडी जम्मा १७ पटक चलेको थियो । सन् २०१२ मा ४२ पटक र सन् २०१३ मा ३ सय ४ पटक चलेको थियो । बीआरआइ प्रारम्भ भएपछि यसको संख्या तीव्र गतिमा बढ्न थाल्यो । सन् २०१८ अगष्ट सम्ममा कुल ९ हजार पटक रेल चलिसकेको छ । त्यस्तै चीन र अन्य देशहरू बीच यात्रु र मालसामान ढुवानीका लागि नया“ ३ सय ५६ वटा अन्तर्राष्ट्रिय स्थल यातायात मार्ग खुलेका छन् । ४ सय ३ वटा नया“ हवाई मार्ग पनि थपिएका छन् ।

बीआरआइ कार्यान्वयनको कमीकमजोरी
-एकतर्फी प्रचार प्रसार अति बढी भएर विश्वका बहुसंख्यक जनतामा यस बारे थाहा नहुनु ।
-क्षेत्र विस्तारमा मात्र बढी जोड दिइनु, तर ठोस कार्य कम हुनु ।
-बीआरआई बारे उत्पन्न भ्रम, अस्पष्टतता हटाउन पहल नहुनु ।

चौथो प्रमुख उपलब्धि चीन र बीआरआइ सम्बन्धित देशहरूबीचको आर्थिक कारोबारमा उल्लेखनीय अभिवृद्धि हो । सन् २०१७ सालमा मात्र चीनिया कम्पनीहरूको वैदेशिक प्रत्यक्ष लगानी १४ अर्ब ३६ करोड अमेरिकी डलर थियो । सन् २०१८ सालको मध्यसम्ममा बीआरआइ प्रारम्भ भएदेखिको कुल वैदेशिक प्रत्यक्ष लगानी ७० अर्ब अमेरिकी डलर पुगेको छ । त्यस्तै सन् २०१४–२०१६ बीच चीन र बीआरआइ सम्बन्धित देशहरूबीचको व्यापार परिमाण करिब ३० खर्ब अमेरिकी डलर रहेको थियो । सन् २०१८ को मध्यसम्ममा त्यो बढेर ७१ खर्ब ८८ अर्ब ५५ करोड अमेरिकी डलर पुगेको छ ।

सिल्क रोड फण्ड र एसियाली आधारभूत संरचना लगानी बैंक जस्ता वित्तीय संस्थाहरूको स्थापना र कार्य सञ्चालनलाई बीआरआइको पा“चौं प्रमुख उपलब्धि मान्नुपर्दछ । सन् २०१४ डिसेम्बर २९ मा सिल्क रोड फण्डको स्थापना भएको थियो । त्यसको कूल पू“जी ४० अर्ब अमेरिकी डलर र १ खर्ब चीनिया य्वीयान् रहेको छ । अहिलेसम्ममा सिल्क रोड फण्डले १७ वटा परियोजनामा करिब ७ अर्ब अमेरिकी डलर लगानी गर्ने वाचा गरिसकेको छ । एसियाली आधारभूत संरचना लगानी बैंकको स्थापना सन् २०१५ डिसेम्बर २५ मा भएको थियो । यसको कूल पू“जी १ खर्ब अमेरिकी डलर रहेको छ ।त्यस मध्ये चीनको शेयर ५० प्रतिशत अर्थात् ५० अर्ब अमेरिकी डलर रहेको छ । अहिलेसम्म विश्वका ८७ वटा देश यसमा सहभागी भइसकेका छन् । बैंकले ३० वटा परियोजनामा ३ अर्ब ७० करोड अमेरिकी डलर लगानी गर्ने निर्णय गरिसकेको छ ।

बीआरआइले आफूस“ग सम्बन्धित देशहरूमा विभिन्न माध्यमहरूद्वारा विकासका लागि नया“ अवसरहरू प्रदान गरेको छ । यही नै बीआरआइका विभिन्न उपलब्धिहरूको सार रहेको छ । यसमा कसैको दुई मत छैन ।

बीआरआइ कार्यान्वयनका कमी कमजोरीहरू
बीआरआइ कार्यान्वनका पा“च वर्षको मुल्याकंन गर्दा चीनिया विद्वान्हरूले यसका कमीकमजोरीहरू पनि औंल्याएका छन् । बीआरआई विभिन्न देशमा प्रस्तुत तथा कार्यान्वयन हु“दा विभिन्न प्रकारका परिस्थितिहरू उत्पन्न भए, सम्बन्धित देशहरूमा त्यस सम्बन्धी विभिन्न प्रकारका मुल्याकंनहरू गरिए ।

एउटै देशमा पनि भिन्न राजनीतिक पृष्ठभूमिका व्यक्ति, संस्था र पार्टीहरूले भिन्दाभिन्दै रूपमा बीआरआईलाई मुल्यांकन गरेका छन् । चीनका आफ्नै विद्वान्हरूले बीआरआइ अन्तर्गतका सम्बन्धित परियोजना, तिनको कार्यान्वयन र त्यस क्रममा व्यक्त स्थानीय जनता र सरकारका प्रतिक्रियाहरू लगायतको बृहत् अध्ययनका आधारमा कमीकमजोरी अघि सारेका हुन् । यी कमीकमजोरीहरूबारे अहिले चीनको बौद्धिक, प्राज्ञिक जगत्मा मात्र छलफल हु“दैछ । चीन सरकारले यसमा औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन ।


चीनिया विद्वानहरूका अनुसार बीआरआइ कार्यान्वयनको पहिलो कमीकमजोरी भनेको यसको एकतर्फी प्रचार प्रसार अति बढी हुनु हो । यद्यपी बीआरआइ भनेको वास्तवमा के हो भन्ने बारे विश्वका बहुसंख्यक जनतालाई थाहा नभएको पाइएको छ। अहिलेसम्ममा पनि बीआरआइमा उपयुक्त ‘बेल्ट’ र ‘रोड’ को शाब्दिक अर्थ समेत नबुझ्ने मानिसहरूको संख्या कम छैन, त्यसकारण ‘बेल्ट’ कोे ‘पेटी’ र ‘रोड’ को ‘सडक’ भनी अनुवाद समेत गर्ने काम भइरहेको छ । नेपालीमा मात्र होइन, अन्य भाषाहरूमा पनि ‘बेल्ट’लाई (कम्मर) पेटी” भनी अनुवाद गरिएको छ भन्ने सुनिनमा आएको छ ।

बीआरआइमा प्रयुक्त ‘सिल्क रोड आर्थिक वेल्ट’ भएको हु“दा एउटा लामो बाटोको दुईतिर रहेको लाम्चो आकारको क्षेत्र, जुन नेपालको हिमाल, पहाडी र तराई प्रदेशसंग मिल्ने भएको हु“दा मैले ‘बेल्ट’ लाई नेपालीमा ‘प्रदेश’ भन्नु उचित हुनेछ । त्यस्तै बीआरआइमा प्रयुक्त ‘रोड’ ‘२१ औं शताब्दी मार्टटाईम सिल्क रोड’ भएको हु“दा समुद्रमा सडक हुने त कुरै भएन, ‘बाटो’ भन्दा ‘मार्ग’ बढी उपयुक्त हुने देखेर रोडलाई ‘मार्ग’ भन्नु उचित हुने छ।

बीआरआइ कार्यान्वयनमा पहिलो पा“च वर्षको दोस्रो कमजोरी भनेको यसको क्षेत्र विस्तारमा मात्र बढी जोड दिइनु, तर ठोस कार्य कम हुनु हो । चीनिया राष्ट्रपतिले बीआरआइ प्रस्तुत गर्नुभएको एक वर्षको समयमा यसमा सम्मिलित हुने देशहरू करिब ६० मात्र थिए । तीन वर्षको अवधिमा १ सय १० भन्दा बढी देशहरू यसमा सहभागी भइसकेका छन् । प्रत्येक देशस“ग कुनै प्रकारको सम्झौता पत्रमा हस्ताक्षर गरियो तर बहुसंख्यक देशहरू बीआरआइको सम्झौता पत्रमै सीमित रह्यो । कुनै ठोस कार्य हुनसकेन । कुनै समयमा सन् २०१३ भन्दा पहिले नै प्रारम्भ भइसकेका चीनिया परियोजनाहरू पनि बीआरआइ अन्तर्गतका परियोजना भनियो । कुनै समयमा फेरि चीनस“ग भएका अथवा हुने सबै सहकार्य सहयोगलाई बीआरआइ अन्तर्गत भएको भनियो । यसले गर्दा बीआरआइबारे विश्वमा अझ बढी अन्यौलको स्थिति देखाप¥यो ।


बीआरआइ अन्तर्गतका सरकारी परियोजनाहरूको सम्बन्धित देशहरूमा कुन प्रकारले प्रस्तुति भइरहेको छ सो बारे चीन सरकारले सही ढङ्गले बुझ्न सकेको छैन । कतिपय देशहरूले बीआरआइ अन्तर्गतका सरकारी परियोजनाहरूलाई चीन र सो देशबीचको सहकार्य नभई चीनको एकतर्फी अनुदान सहयोग भनी अति बढी मात्रामा प्रचारबाजी गरिरहेको छ। आफ्नो पार्टीको सरकार भएकै कारण मात्र चीनको त्यो अनुदान सहयोग प्राप्त गर्न सम्भव भएको हो भन्ने प्रचार गरी भविष्यको निर्वाचनका लागि बल पु¥याउने काम गरिरहेका छन् ।

यसले गर्दा चीनले कहिले पनि वाचा नगरेको भए पनि ती परियोजनाहरू नबनेमा चीन धोखेबाज ठहरिने जस्तो अत्यन्त असहज परिस्थिति उत्पन्न हुने अवस्था समेत पुगेको छ । केही देशहरूमा बीआरआइ भनेको चीनको अन्तरराष्ट्रिय प्रभुत्व बढाउने चाल मात्र हो भनी त्यसको विरोध भएको छ । कतिपय देशहरूमा फेरि बीआरआइ भनेको चीनको छोटो समयको अभियान हो, चीनको वैदेशिक लगानी स्थिर रह“दैन, प्रारम्भ भएका परियोजनाहरू पनि पूरा नहुनसक्छ भनी सरकार र सर्वसाधारणमा चिन्ता रहेको छ ।

केही देशहरूमा बीआरआइले गरिब देशहरूलाई ऋणमा डुबाएर सखाप पार्छ भन्ने प्रचार पनि धेरै भएको छ । फेरि कुनै क्षेत्रमा विद्यमान क्षेत्रीय समस्याहरूमा कुनै एक देशले बीआरआइलाई प्रयोग गरी त्यहा“को क्षेत्रीय समस्यामा चीनलाई आफूनिकट बनाई चीनलाई कुटनीतिक समस्या समेत आउन सक्ने अवस्थामा पु¥याएको छ । कतिपय देशहरूमा चीनको निःस्वार्थ अनुदान सहयोग भनिएकोलाई ‘निःस्वार्थ भनेको अहिले सतहमा नआएको अदृश्य ठूलो स्वार्थ हो’ भनी प्रचार गरी शंकाको वातावरण सिर्जना गरिएको छ । यस किसिमका प्रचारप्रसारलाई चीनले यथासमय बुझेर अस्पष्ट कुराहरूलाई स्पष्ट पार्ने कार्य गर्न सकेको छैन । बीआरआइ कार्यान्वयनको यो तेस्रो कमजोरी हो ।

बीआरआइ कार्यान्वयनमा परियोजनाहरूको छनोट र सञ्चालनमा पनि केही कमी कमजोरीहरू रहेका छन् । बीआरआइ अन्तर्गत आधारभूत संरचनाको निर्माण सम्बन्धी परियोजनाहरूलाई जोड दिइयो । शैक्षिक, सांस्कृतिक परियोजनाहरू धेरै कम मात्रामा मात्र सञ्चालित भए । यसले गर्दा चीन र सम्बन्धित देशका जनताबीचको समझदारी र आत्मीयता धेरै सुधार हुन सकेन । जनस्तरमा चीनप्रति सकारात्मक सोचमा खास अभिवृद्धि भएन । बीआरआइ अन्तर्गत प्रारम्भ भएका परियोजनामा धेरैजसो भौतिक संरचना निर्माणमा मात्रै जोड दिइयो । निर्माण सम्पन्न भएपछि त्यसको प्रयोग, प्रयोगमा आउनसक्ने मतभिन्नता र त्यसलाई समाधान गर्ने उपाय आदिबारे अन्तरराष्ट्रिय सन्धि सम्झौताहरू कम मात्रै भएका छन् ।

यसले गर्दा भविष्यमा अन्यौलको परिस्थिति सिर्जना हुन सक्ने छ । अर्को कमजोरी भनेको कुनै आधारभूत संरचना निर्माण सम्पन्न भएपछि त्यसले सो क्षेत्रको आर्थिक उन्नतिका लागि के कस्तो भूमिका निर्वाह गर्दछ । त्यसका लागि के के पूर्व तयारीहरू गर्नुपर्दथ्यो भन्ने बारेमा चीन र सम्बन्धित देशले कमै मात्र विचार पु¥याएका छन् । बीआरआइ अन्तर्गत सञ्चालित ठूला परियोजनाहरूको प्राविधिक पक्षमात्र विचार गरी प्राविधिक रूपमा निर्माण गर्न सम्भव देखिनासाथ हतारिएर निर्माण कार्य शुरु गरिएको थियो ।

यसले गर्दा ती आधारभूत संचरनाहरूको निर्माण भइसकेपछि त्यसको अधिकतम प्रयोग होला या नहोला, त्यसले वाञ्छित प्रतिफल देला या नदेला भन्ने प्रश्न समेत उठ्न थालेको छ । बीआरआइका परियोजनाहरू सम्बन्धित देशका सरकार र ठूला कम्पनीहरूस“ग मात्र सहकार्य गर्दा साना र मझौला कम्पनीहरूले आफूहरू अलग्गिएको अनुभव गरेका छन् । साना र मझौला कम्पनीहरू तथा सर्वसाधारणहरूलाई बीआरआइबाट आफूहरूलाई लाभ पुगेको अनुभव गराउन नसक्नु पनि एउटा कमजोरीका रुपमा लिइएको छ ।
बीआरआइ परियोजनाहरूमा विकसित देशहरूलाई कुनै प्रकारले सहभागी गराउन नसक्नु पनि बीआरआइ कार्यान्वयनका दिशामा देखापरेका कमजोरी हुन् । यसबाहेक बीआरआइ कार्यान्वयनका लागि आवश्यक चीनिया जनशक्तिको विदेशी भाषा अन्तर्राष्ट्रिय कानुन, विदेशीस“ग वार्ता गर्ने सीप आदिको प्रशिक्षणको कमीलाई चीनिया विद्वानहरूले एउटा मुख्य कमजोरीको रूपमा लिएका छन् ।

बीआरआइको दोस्रो चरण
बीआरआइलाई चीनले सुरुदेखि नै यो चीनको एकल गायन होइन, चीन र सम्बन्धित देशहरूको सामूहिक गायन हो भन्दै आएको छ । यो चीनको एकतर्फी सहयोग होइन, अन्य सम्बन्धित देशहरूस“गको सहकार्य हो । चीनले आफू धनी नहु“दादेखि नै विश्वका धेरै देशहरूलाई आर्थिक सहयोग त गर्दै आइरहेकै थियो, यदि त्यही एकतर्फी सहयोग नै मात्र बढाउनु पर्ने हु“दो हो त बीआरआइ ल्याउन आवश्यक पनि हुने थिएन होला । बीआरआइको प्रस्तुति केवल आर्थिक सहकार्य सहयोगका लागि नभई प्राविधिक तथा व्यवस्थापन सम्बन्धी अनुभव आदान प्रदानका लागि पनि हो । बीआरआइ प्रस्तुत हुनु अघिदेखि नै चीनको विकासबाट छिमेकी मुलुकहरूले फाइदा उठाउन सकून् भनी चीनले भन्दै आएको थियो । बीआरआइको कार्यान्वयनले विश्वमा चीनको राजनीतिक प्रभाव बढ्ने अवश्यम्भावी छ, तर त्यही राजनीतिक प्रभाव बढाउनका लागि चीनले बीआरआइ कार्यान्वयन गरेको होइन । चीनको दीर्घकालीन लक्ष्य त सम्पूर्ण मानवजातिको संयुक्त जिम्मेदारीवहन, संयुक्त उपभोग र संयुक्त भाग्यको समष्टि बनाउने हो । चीनले बीआरआइलाई त्यस लक्ष्यको एउटा माध्यम मान्दछ ।

चीनले बीआरआइलाई छोटो समयावधिको भनेको छैन । पा“च वर्षपछिको अवधिलाई औपचारिक रूपमा दोस्रो चरण पनि भनेको छैन । चीनका विद्वानहरूले पहिलो पा“च वर्षको बीआरआइ कार्यान्वयनमा रहेको कमी कमजोरीहरूलाई स्पष्ट रूपमा औंल्याइदिएपछि चीन सरकारले आगामी वर्षहरूमा ती कमी कमजोरीहरू हटाउन पक्कै ध्यान दिने नै छ । आगामी वर्षहरूका लागि चीन सरकारले सन् २०१५ मार्च २८ मा प्रकाशित गरेको ‘एक प्रदेश एक मार्ग’ को प्रस्तावना तथा कार्ययोजना जस्तै औपचारिक दस्तावेज नै प्रस्तुत गर्दछ, वा त्यस्तो केही नगरी आफ्ना कार्यनीति र कार्यक्रमहरूमा सुधार गर्दै लैजान्छ, त्यो भविष्यले नै बताउने छ, हामी धैर्यपूर्वक हेर्दै जाऔं ।
( अरनिको समाजका अध्यक्ष समेत रहनुभएका श्रेष्ठ चीन बारे जानकार हुनुहुन्छ ।)

 

प्रतिक्रिया दिनुहोस्