जहाज डुब्दा उनान्तीसको मृत्यु



लेक भिक्टोरिया,(एजेन्सी)
रमाइलो पार्टी मनाउन गइरहेका मानिसहरु बोकेको एउटा क्रुज जहाज युगान्डाको लेक भिक्टोरिया पल्टिँदा कम्तिमा २९ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

शनिवार राजधानी कम्पाला नजिक दुघटनामा परेको यस क्रुज जहाजमा एक सय व्यक्ति सवार रहेको बताइएको थियो ।

युगान्डाली संचार माध्यमले त्यसमा थुप्रै नाम चलेका व्यक्ति सवार रहेको तथा एउटा परम्परागत अधिराज्यका डाउदी किन्तु वासाज्जा नामक एकजना राजकुमार दुर्घटनामा बच्न सफल भएको जनाएको छ ।

लेक भिक्टोरियामा प्रायशः जहाज दुर्घटनाहरु भइरहन्छन् । दुर्घटनामा पर्ने जहाजमा क्षमता भन्दा बढि यात्रु चढाइने गरिएको पाइएको छ । गत सेप्टेम्वरमा पनि तान्जानिय तर्फ गइरहेको एउटा जहाज डुब्दा लेक भिक्टोरियामा थुप्रै व्यक्तिको ज्यान गएको थियो ।

यो पछिल्लो दुर्घटना युगान्डाको मुकोनो जिल्लाको जलिय क्षेत्रमा भएके हो । उप प्रहरी प्रवक्ता प्याट्रिक ओन्यान्गोले जहाजमा क्षमता भन्दा बढि यात्रु रहेको तथा मौसमको स्थिती पनि खराव रहेको रोयटर्स समाचार निकायलाई बताएका छन् । प्रहरीले बिसजना भन्दा बढिलाई पानीबाट उद्धार गरिएको र अन्य थुप्रै व्यक्ति अझै हराइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्