भारतको अयोध्यामा हिन्दुहरुको विशाल भेला



नयाँदिल्ली,(एजेन्सी)
भारतको पवित्र धार्मिक स्थल अयोध्यामा भिक्षु र दक्षिणपन्थि अभियन्ताहरु लगायत दशौं हजार हिन्दुहरु भेला हुँदैछन् । यो उत्तरी शहर हिन्दु र मुश्लिमबिचको तनावको प्रमुख विषय बन्दै आएको छ । केहि महिना यता सन् १९९२ मा हिन्दु भिडद्वारा सोह«ौं शताब्दिको मस्जिद भत्काएक्ै स्थानमा मन्दिर बनाइनु पर्ने आवाज पुन उढ्न थालेको छ ।

वावरी मस्जिद रहेकै स्थानमा एउटा हिन्दु मन्दिर निर्माण गर्ने माग गर्न आइतवार अयोध्यामा एक देखि दुई लाख सम्म हिन्दुहरुको जमघट हुने अनुमान गरिएको छ । हिन्दुहरु उत्तर प्रदेश राज्यको यस धार्मिक स्थलमा भगवान रामको जन्म भएके विश्वास गर्छन् ।

तर मुश्लिमहरु भने आफ्ना थुप्रै पुस्ताले त्यहाँको मस्जिदमा प्रार्थना गर्दै आएके बताउँछन् । सन् १९९२ मा यसै विषयलाई लिएर हिन्दु र मुश्लिम समुदायबिच ठूलो तनाव सिर्जन हुने क्रममा आक्रोसित हिन्दु भिडले मस्जिद भत्काएके थियो । सोही घटना पछि भारतभरि फैलिएको साम्प्रदायिक दंगामा झण्डै दुई हजार व्यक्तिको ज्यान गएको थियो ।

तर हिन्दु र मुशिलम दुवैले सो स्थानको स्वामित्व दावी गर्दै आउने क्रममा अहिले प्रधानमन्त्री नरेन्द« मोदीको राष्ट्रवादी भारतिय जनता पार्टी ( विजेपी ) सरकारले त्यहाँ हिन्दु मन्दिर बनाउने थप प्रयास गरिरहेको छ ।
अयोध्यामा जम्मा हुने हिन्दुहरुमा विश्व हिन्दु परिषद ( भिएचपि ) र शिवसेना लगायत अन्य विभिन्न अतिवादी दक्षिणपन्थि समहका सदस्यहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्