सवारी दुर्घटनामा १६ जनाको मृत्यु 



काठमाडौं ।
काठमाडौं, सप्तरी, बर्दिया, रामेछाप, सुनसरी, रौतहट, रुपन्देही, धनुषा, दाङ, तनहुँ र नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० मा भएका छुट्टाछुट्टै दुर्घटनामा १६ जनाको मृत्यु भएको छ ।
काठमाडौं, महानगरपालिका(३५ कोटेश्वरमा ना।५ ख ४०२६ नम्बरको बस र ना।६ ख ५५९२ नम्बरको ट्रक शुक्रबार बिहान ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका बसमा सवार काठमाडौं तिलगंगा बस्ने सर्लाही मलंगवाका ७१ वर्षीय शम्भु परियारको बिएण्डबि अस्पताल ग्वार्को ललितपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिई फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका(१४ बल्खुमा बा।४ ख ९५७५ नम्बरको ट्रिपरले शुक्रबार बिहान बा।१ ज ८८५५ नम्बरको माईक्रोबसलाई ठक्कर दिंदा गम्भीर घाइते भएका माईक्रोबसका चालक सिन्धुपाल्चोकका ६४ वर्षीय बाबुकाजी श्रेष्ठको वयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन नियन्त्रणमा लिई फरार ट्रिपर चालकलाई प्रहरीले खोजी गरिरहेको छ ।
सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका(१० ईनर्वास्थित सडकमा को।१ ख २७९९ नम्बरको बस शुक्रबार बेलुका अनियन्त्रित भई दुर्घटना भएर पोखरीमा खस्दा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा डाक्नेश्वरी नगरपालिका(५ बस्ने ७० वर्षीय बेचनीदेवी यादव, ६० वर्षीया शिकिलादेवी साह, भुखनीदेवी यादव, दिनेश रजक र उनकी श्रीमती बौकीदेवी रजक रहेका छन् । दुर्घटनामा घाइते भएका अन्य ४८ जनामध्ये १३ जनाको धरान घोपा अस्पताल, १ जनाको नोबेल अस्पताल बिराटनगर र ३४ जनाको सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
बर्दिया गुलरीया नगरपालिका(१ गाउँ नम्बरको १४ खल्लास्थित सडकमा ना।३ ख ८५५४ नम्बरको बस शुक्रबार दिउसो पल्टँदा गम्भीर घाइते भएका बसमा सवार बाँसगढी नगरपालिका(९ बस्ने ४५ वर्षीय कर्णबहादुर सुनारको जिल्ला अस्पताल गुलरीयामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १४ जनामध्ये १२ जना उपचार पश्चाषत् घर फर्किएका छन् भने २ जनाको नर्सिङ होम नेपालगंजमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रामेछाप मन्थली नगरपालिका(१ स्थित सडकमा बा।५७ प ४७२७ नम्बरको मोटरसाइकलले शुक्रबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री मन्थली नगरपालिका(६ हात्तिटार बस्ने ५५ वर्षीय काले माझीको तामाकोशी सहकारी अस्पताल मन्थलीमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी कोशी गाउँपालिका(१ राजापोखरीस्थित पूर्वपश्चिम राजमार्गमा ना।६ ख १७४० नम्बरको बसले शुक्रबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पैदलयात्रीको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहट गौर नगरपालिका(७ स्थित सडकमा ना।५ ख ७३६९ नम्बरको बसले शुक्रबार साँझ ठक्कर दिँदा राजदेवी नगरपालिका(५ हजमनिया  बस्ने ६५ वर्षीय सुखाडी महतोको घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देही रोहणी गाउँपालिका(४ छिपागढस्थित सडकमा ना।६ ख ७१७ नम्बरको ट्रकको पछाडि लु।१५ प ७६०७ नम्बरको मोटरसाइकल शुक्रबार साँझ ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक नवलपरासी रामग्राम नगरपालिका(१६ बस्ने २९ वर्षीय धिरज सिंहक्षेत्रीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन नियन्त्रणमा लिई फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
धनुषा सबैला नगरपालिका(१० सिमरारीमा ज।१ त २६२७ नम्बरको ट्याक्टरबाट बुधबार दिउसो खस्न गई ट्याक्टरले किच्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने १९ वर्षीय अजिम मंसुरलाई जनकपुर अंचल अस्पताल र धरान हुँदै थप उपचारको लागि काठमाडौं लैजाने क्रममा शुक्रबार बेलुका बाटोमै मृत्यु भएको छ । ट्याक्टर नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दाङ तुलसीपुर उपमहानगरपालिका(१६ मज्गैंस्थित बस्ने सोमराज चौधरीले लु।२ त ५७५८ नम्बरको ट्याक्टरको पछाडि क्रेशर मेशिन जोडी धान दाउने क्रममा शुक्रबार बेलुका उनकी ६ वर्षीया छोरी बिपना चौधरीलाई उक्त मेशिनमा पर्न गई गम्भीर घाइते भएकीले राप्ती अञ्चल अस्पताल हुँदै मेडिकल कलेज कोहलपुर बाँके पठाइकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
तनहुँ भानु नगरपालिका(३ ढिकुरादीस्थित डुम्रे(बेशीशहर सडकमा ग।१० प ४०३७ नम्बरको मोटरसाइकल शनिबार बिहान दुर्घटना हुँदा सोही ठाउँ बस्ने मोटरसाइकल चालक ३० वर्षीय गणेश तामाङ मृत्यु भएको छ ।
नबलपरासी ९बर्दघाट सुस्ता पूर्व० गैडाकोट नगरपालिका(१३ मा ना।५ ख ३९८७ नम्बरको बसले ना।५६ प ३८५१ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक गैंडाकोट(१३ बस्ने २० वर्षिय अनिल पौडेललाई उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार कृष्ण सापकोटाको चितवन पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ। दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक उद्धार एवं अनुसन्धान कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्