ट्रम्प–सीबीचको वार्ताले समाधान निकाल्नेमा चीन आशावादी



बेइजिङ (एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ नेता सी जिनपिंगबीच अर्को हप्ता जी–२० शिखर सम्मेलनका क्रममा हुने भेटवार्तामा ब्यापार युद्धको कुनै न कुनै समाधान निकाल्नेमा आफु आशावादी रहेको चीनले जनाएको छ।

चीन र अमेरिका कुनै पनि सम्झौतामा पुग्न असफल भइरहेको बेला अर्जेन्टिनामा उक्त समुहको शिखर सम्मेलन हुन लागेको हो। ब्यापार युद्ध उत्कर्षमा पुगेको र दुई देशबीच उक्त युद्धका कारण सम्बन्धमा पनि असहजता आइरहेको बेला यस सम्मेलनमा दुई नेताबीचको भेटघातलाई लिएर सबैको ध्यान तानिरहेको छ।

ट्रम्पले चिनियाँ सामानमा चर्को शुल्क लगाएपछि विवाद बढेको थियो। त्यसको जवाफमा चीनले पनि समान कदम उठाएका थिए। चीनका उप वाणिज्य मन्त्री वांग सोउवेनले बेइजिङमा एक पत्रकार सम्मेलनमा भने, हामी अपेक्षा गर्छौ कि दुबै पक्ष परस्पर सम्मान, सन्तुलन, इमान्दारी तथा पारस्पारिक लाभका आधारमा मिलेर काम गर्न सक्छ र अन्तत समस्याको समाधान खोज्न सक्छ।

वांगले भने– बढ्दो एकलबाद र संरक्षणवादका कारण विश्व ब्यापारले जटिल स्थितिको सामना गरिरहेको छ। जसल आर्थिक विकासका लागि अनिश्चितता उत्पन्न भइरहेको छ।
नोबेम्बर ३० देखि डिसेम्बर १ सम्म हुने जी शिखर सम्मेलन बुहपक्षबादका लागि आफना समर्थन कायम राख्छ भन्नेमा चीनले अपेक्षा रहेको उनले बताए। वांगले विश्व ब्यापार संगठनमा सुधारलाई पनि बेइजिङले समर्थन गर्ने बताए। यसले उक्त विश्व संस्थाको प्राधिकार र प्रभाव बलियो हुनेछ।

ट्रम्पले विहिबार सीसँगको भेटवार्ताका लागि आफु तयार रहेको बताएका थिए। अमेरिकाले पछिल्लो पटक धम्की दिँदै यद्यी जनवरी अगाडी मुद्दाको समाधान ननिस्कोमा आफुले उठाएका कदमलाई अझ कडा पार्ने बताएको छ।

वासिङटनले चिनियाँ प्रतिबर्ष २ खर्ब ५० अर्ब डलरको सामानमा अतिरिक्त शुल्क लगाएको छ। त्यसको बदलामा चीनले अमेरिकी सामानमा १ खर्ब १० अर्ब डलरको शुल्क लगाएको छ।

प्रतिक्रिया दिनुहोस्