सिस्नेका दुर्गम बस्ती संचार सञ्जालमा जोडिए



धनवीर दाहाल, रुकुम पुर्व ।
रुकुम पुर्वको सिस्ने गाँउपालिका वडा नं २ सुद्रीमा टेलीकमको टावर निर्माण भएपछि सिस्ने गाँउपालिकाका दुर्गम बस्तीहरु संचार सञ्जालमा जोडिएका छन् ।

सुद्रिमा निर्माणाधीन नेपाल टेलिकमको टावर शुक्रबार बाट सञ्चालनमा आए पछि फोन सेवा सुचारु भएको वडा नं २ का अध्यक्ष जीवन के.सीले बताउनुभयो ।

सो टावर सञ्चालन भए सगैं साविकको प्वाङ,जाङको चारगाउँ र आसपासमा रहेका अन्य क्षेत्र र समुदायका जनताहरुलाई सञ्चारको सहज पहुँच स्थापना भयको छ ।

शुक्रबारदेखी संचालनमा आएपछि वडा अध्यक्ष के.सी टावर स्थापनाका लागि मुख्य पहल गर्नुहुने पुर्व मन्त्री गणेशमान पुन लगाएत अन्य केन्द्र तथा प्रदेशका माननीय जनप्रतिनिधि ज्युहरु,सिस्ने गाउँपालिका अध्यक्ष कुमारी वराल लगाएत सिङ्गो गाउँपालिका परिवार,निर्माणको जिम्मा लिएको हुवाई कम्पनी लगाएत प्रति आभार प्रकट गर्नुभएको छ ।

संचार सुबिधाबाट पछि परेका समुदायलाई अव सहज हुने उहाँको भनाई छ । उहाँले आगामी दिनहरुमा अन्य विकास निर्माणका प्रक्रियामा पनि सबैको महत्वपूर्ण सहयोग र सल्लाहको अपेक्षा गर्दै केवल चुनाव जित्नका लागि मात्र भोट र फगत विकासको सपना बाँडेको नभई दुर्गम क्षेत्र, पिछडिएको समुदाय,पछि परेका वर्ग,समाज,र जनताका लागि केही नयाँ काम गर्नका लागि भोट मागेको बताउनुभयो ।

नेपालकै कान्छो जिल्ला रुकुम पुर्वका बिकट ठाँउहरु बिस्तारै संचार लगाएतका बिकासका संजालसँग जोडिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्