नारा खेती



बेला मौकामा नेतृत्व फेरिएपनि प्रहरी संगठन स्थायी संरचना हो । तर यो संगठन प्रधानमन्त्री, मन्त्री र कुनै राजनीतिक दलका नेताले नेतृत्व गरेझै लाग्छ । जसरी प्रधानमन्त्री, मन्त्री र नेताले आफू नेतृत्वमा आएपछि आफू अनुकूलका नारा रच्छन्, कार्यान्वयनमा जोडबल गर्छन्, हाम्रो प्रहरी संठगन पनि उस्तै छ ।

‘सत्य सेवा सुरक्षणम्’ नेपाल प्रहरीलाई चिनाउने लोकप्रिय नारा हो । तर प्रहरी नेतृत्वलाई त्यस्तो विश्वास रैनछ । त्यसैले होला संगठनमा नेतृत्व परिवर्तन भएपछि नयाँ नारा अनिवार्य झैं भएको छ । मुस्कान सहितको सेवा, प्रहरी मेरो साथी, टोल –टोलमा प्रहरी, हाम्रो टोलमा प्रहरी जस्ता नारा पर्याप्त नभएर हो क्यार केही दिन अघि नयाँ नारा आएको छ–‘समुदाय प्रहरी साझेदारी ।’

नारा पनि औषधी र खाद्य सामग्री झैं डेट एक्सपायर हुने भएर एकपछि अर्को नारा तय गर्न थाल्या हो कि ? धरहराले बुझ्न सक्या छैन । प्रहरी नेतृत्वले नयाँ नारा चयन गर्न सकेन भने नेतृत्व नै फेल हुन्छ भन्ने बुझाई पो हो कि ? यदि त्यस्तो हो भने सोझै भने भइहाल्यो ‘एक नेतृत्व एक नारा’ अनिवार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्