जयनेपाल क्रिकेटको उपाधी लालसलामलाई



विनोद सिंह विष्ट, बैतडी ।
लालसलाम खलंगा गोकुलेश्वरमा जारी प्रथम जय नेपाल टी ट्वान्टी खुल्ला क्रिकेट प्रतियोगिताको च्याम्पीयन बनेको छ । बिहीवार सम्पन्न उपाधी भिडन्तमा बस्कोट सुपर किंग्सलाई ९० रनले स्तब्ध पार्दै लालसलाम खलंगा च्याम्पीयन बनेको हो ।

गोकुलेश्वर खेल मैदानमा टस जितेर पहिला ब्याटिंग गरेको लालसलामले २० ओभरमा ९ विकेटको क्षतीमा १८५ रन बनायो । जसमा गौतम धामीको सर्वाधिक ८३ रनको योगदान रह्यो । बस्कोटका दिपेन्द्र ऐरीले ३ विकेट हात पारे ।

१८६ रनको बिशाल लक्ष्य पन्छाएको बस्कोट १६ दशमलव १ ओभरमा ९५ रनमा समेटियो । किरन ठगुन्नाले सर्वाधिक ४५ रनको योगदान गरेपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा बस्कोटले उपविजेतामै चित्त बुझायो । बस्कोटको पारी ध्वस्त पार्ने क्रममा लालसलामका किरन डडालले ३ विकेट झारे । म्यान अफ द फाईनल लालसलामका गौतम धामी चुनिएका स्कोरर रोशन बोहराले जानकारी दिए ।

उपाधीसंगै लालसलामले १ लाख १ हजार १११ कप मेडल र प्रमाणपत्र पुरस्कार हात पारेको छ । उपविजेता बस्कोटले ६१ हजार १११ पुरस्कार पाएको छ ।

प्रतियोगिताभर ब्यक्तिगत ५५ रन तथा ८ विकेट हात पारेका लालसलामका रवि धामी उत्कृष्ट खेलाडी भए । उनले म्यान अफ द सिरीज स्वरुप ५ हजार ५५५ पुरस्कार प्राप्त गरेका छन् । यस्तै प्रतियोगिताभर ९ विकेट हात पारेका बस्कोटका प्रकाश चन्द उत्कृष्ट बलर तथा १३९ रन बनाएका लालसलामका गौतम धामी उत्कृष्ट ब्याट्सम्यान घोषित भए ।

अपी सिर्जनशिल युवा क्लवको आयोजनामा मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा बैतडीका ३ र दार्चुलाका ११ टिम गरी १४ टिम सहभागी रहेका आयोजक अपी सिर्जनशिल युवा क्लवका कोषाध्यक्ष रुपेश विष्टले जानकारी दिए ।

“राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद” भन्ने मूल नाराका सम्पन्न भएको प्रतियोगिताले स्थानीय स्तरमा रहेका प्रतिभावान खेलाडीको क्षमता अभिवृद्धि हुनुका साथै क्रिकेटको विकास हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्