जुम्ल्याहा शिशुहरुको मुटु र कलेजो एउटै



प्रकाश पन्त, सुर्खेत ।
प्रदेश अस्पताल सुर्खेतमा जन्मिएका जुम्ल्याहा शिशुहरुको मुटु र कलेजो पनि एउटै भएको पाइएको छ । छाती र पेटको माथिल्लो भाग जोडिएका दुई बालिकालाई आइतवार अप्रेसन गरी निकालिएको थियो । जुम्ल्याहा छोरीहरुको मुटु र कलेजो पनि एउटै भएको पुष्टी भएको प्रदेश अस्पतालले जनाएको छ ।

प्रदेश अस्पताल वीरेन्द्रनगरमा कालिकोटको राष्कोट नगरपालिकाका ५ कि ललिता बुढाले शरीर जोडिएका छोरीहरुको जन्म दिएकी थिइन । भिडियो एक्सरे गर्दा उनीहरुको मुटु र कलेजो एउटै रहेको अस्पतालका बाल रोग विशषज्ञ डाक्टर नवराज केसीले बताए । उनले अब बालिकाहरुको शल्यक्रिया गरेर शरीर छुट्याउने सम्भावना कम भएको पनि बताए ।

‘मुटु फरक फरक भएको भए, शल्यक्रिया गरेर शरीर छुटाउने सम्भावना हुन्थ्यो, एउटै भएकोले त्यो सम्भावना अव छैन भन्दा पनि हुन्छ उनले भने, ‘एउटै मुटु भएकाले श्वासप्रवास बढेको छ । आईसीयुमा राखेर उपचार गरिहरेका छौँ । यो विश्वकै दुर्लभ समस्या हो उनले भने, भु्रणबाट छुटिने वेला छुटिएन भने यस्तो समस्या आउँछ । दुई तीन÷लाख बच्चा जन्मदा एक जनामा यस्तो समस्या देखिन्छ ।

आमा गर्भवती भएपछि नियमित गर्भ चेकजाँच नगर्दा यस्तो समस्या देखिएको बताएको छ । गर्भवती आमाले कम्तिमा पनि तीन पटक भिडियो एक्सरे गर्नुपर्छ । यदि २२ हप्ता भित्रै भिडियो एक्सरे गरेको भए, यो समस्या आउने थिएन । परिवारको आर्थिक अवस्था कमजोर भएकाले डाक्टरहरुले नै खर्च जुटाएर उपचार गरिरहेको डा. केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्