नेकपाको सचिवालय बैठक बस्दै



पार्टी्भित्रका २१ केन्द्रीय सदस्यले अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाएको भोलिपल्ट नेकपाले पार्टी हाइकमान्डका रुपमा चिनिने सचिवालयको बैठक बोलाएको हो । कार्यदलले बुझाएका नाम तथा संख्यालाई रुजु गरी महासचिवले आजको बैठकमा पेस गर्नेछन्।

नाम तथा संख्या रूजु गर्न सचिवालयका दुई सदस्य महासचिव विष्णु पौडेल र राम बहादुर थापा रहेको दुई सदस्यीय कार्य दल गठन गरिएको थियो। प्रदेश,जिल्ला र जनवर्गीय संगठन एकताका लागि गठित कार्यदलले संख्या टुंग्याएर पनि नाम र नेतृत्व चयन गर्न सकेका छैनन्। केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँड र पोलिटब्यूरोमा रहने सदस्यहरूको नाम पनि तय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्