माफिया समुह ‘ बाली नाइन ’ का सदस्य रिहा



सिडनी,(एजेन्सी)
एकजना अष्ट्रेलियाली महिला इन्डोनेसिया स्थित कारागारबाट मुक्त हुने ‘ बाली नाइन ’ लागु औषध तश्कर समुहका पहिलो सदस्य भएकीछिन् । सन् २००५ मा बालीबाट हेरोइन तश्कर गरी बाहिर लान खोज्ने नौ जना अष्ट्रेलियालीलाई इन्डोनेसियाली प्रहरीले पक्राउ गरेको थियो ।
यसलाई इन्डोनेसियाको अहिले सम्मकै निक ैउच्च स्तरको मुद्धाको रुपमा लिइने गरिएको छ । झण्डै १३ वर्ष कैद भुक्तान गरिसकेकी ४१ वर्षिया रेनाए लरेन्सलाई बुधवार मुक्त गरिएको हो ।

उक्त ड्रग्स माफिया समुहका दुइजना नाइकेलाई सन् २०१५ मा मृत्युदण्ड दिइँदा अष्ट्रेलियामा ठूलो विवाद उत्पन्न भएको थियो । लरेन्सलाई शुरुमा अदालतले बिस वर्ष लामो कारवास संजाय सुनाएको थियो ।

तर उनले उच्च अदालतमा त्यस विरुद्ध अपिल गरेपछि संजाय कटौति भएको थियो । थुपै्र पत्रकारहरुको उपस्थित माझ उनलाई हिजो अपरान्ह बालीको बंगालाी कारागारबाट मुक्त गरिएको थियो ।

उनलाई सिधै विमानमा राखेर स्वदेश फर्काइने अनुमान गरिएको छ । तर सन् २००५ को शुरुमा न्यु साउथ वेल्शमा अत्यन्तै तिव्र गतिमा कार चलाएको अभियोगमा उनी विरुद्ध अहिले अष्ट्रलियामा मुद्धा चल्ने संभावना रहेको छ । तर अष्ट्रेलियाली प्रहरीले भने स्वदेशमा पाइला टेक्ना साथ उनलाई गिरफतार गरिरने संभावना न्युन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्