निरंकारी मिसन विस्फोटमा पाकिस्तानको हात: मुख्यमन्त्री



चंडीगढ (एजेन्सी)
भारतको पन्जाव राज्यका मुख्यमन्त्री अमरिन्दर सिंहले अमृतसर स्थित निरंकारी मिसनमा विगत केही अगाडी भएको विस्फोटमा पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईको हात भएको पुष्टी गरेका छन् ।

उक्त विस्फोटनको ७२ घन्टा भित्रै प्रहरीले मुख्य आरोपीलाई गिरफ्तार गरेको उनले जानकारी दिए । उक्त विस्फोटमा दुई जना संलग्न थिए । ती मध्य २६ बर्षिय विक्रमजित सिंहलाई गिरप्mतार गरिसकेको छ । अर्काे आरोपीको पनि पहिचान गरिसकेको उनले जानकारी दिए । सोमबार भएको उक्त विस्फोटमा तीनजनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए ।मुख्य मन्त्री अमरिन्दरले छानबिनका क्रममा आईडी र धेरै संख्यामा हतियार बरामद गरिएको बताए । पाकिस्तान र आईएसआई धरै सक्रिय रहेको बताउँदै आक्रमणका सुत्रधार आईएसआईले अन्य केही ब्यक्तीलाई प्रयोग गरि उक्त घटना घटाएको उनले बताए ।

उनीहरुे पाकिस्तानको हतियार कारखानामा बनेका ग्रेनेड प्रयोग गरेको मुख्यमन्त्रीले बताए । यसको लाइसेन्स पाकिस्तान अर्डिनेन्स प्mयाक्ट्रीसँग छ । हमलामा जुन ग्रेनेडको प्रयोग भएको हो, त्यस्तै प्रकारको काश्मिर र सुरक्षाबल विरुद्ध पनि हुने गरेको उनले बताए । उक्त ग्रिनेडमा प्यालेट्स भरिएका थिए ।

पन्जाबका मुख्य मन्त्रीले पाकिस्तानसँग घटनाको सम्बन्धमा प्रमाणहरु दिएका छन् । उनले नागरिकलाई पन्जाबमा शान्ति कायम राख्ने प्रतिबद्धता ब्यक्त गर्दै पाकिस्तानले शान्तिको वातावरण विगार्न कट्टरपन्थी संगठन खालिस्तान लिबरेसन फोर्सको प्रयोग गरिरहेको आरोप लगाए । काश्मिरपछि अब पाकिस्तानले पन्जाब, राजस्थान र गुजरात जस्ता सीमावर्ती राज्यमा अशान्त फैलाउन चाहेको उनले बताए ।

भारतिय सुरक्षाकर्मीले १७ वटा आतंककारी योजनाको भन्डाफोर गरेको र ८१ जनालाई प्रक्राउ गरिसकेको छ । ७७ हतियार नियन्त्रणमा लिएको र आईडी, ग्रेनेड आदी बरामद गरिएका छन् । हाम्रो सुरक्षाबल आतंककारीभन्दा एक कदम अगाडी छन् – अमरिन्दरले बताए ।

प्रतिक्रिया दिनुहोस्