विप्लवको जनसभामा विप्लव नै नआउने



काठमाडौं, (नेस)
विप्लव नेतृत्वको नेकपाले आगामि मंसिर आठ गते काठमाडौंमा आयोजना गरेको जनसभाको सवै तयारी पुरा भएको जनाएको छ । ‘सम्पूर्ण कम्युनिष्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति एक होऔं, वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्ष गरौं’ भन्ने मुल नाराकासाथ जनसभा गर्न लागेको हो ।

जनसभामा देशभरबाट ५० हजार आउने नेकपाले जनाएको छ । पार्टीका महासचिव नेत्रबीक्रम चन्द विप्लव नआउने सो पार्टीका केन्द्रीय सदस्य चीरन पुनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘हाम्रो पार्टीले प्रकाण्ड ज्यू प्रवक्ता प्रमुख वक्ताका रुपमा आउने निर्णय गरिसकेको छ । त्यसैले पनि विप्लव ज्यू आउनुहुन्न ।’ आफ्नो पार्टी भूमिगत नभई खुलमखुल्ला राजनीति गर्दै आएको नेकपाले जनाएको छ ।

काठमाडौंको शान्तिवाटिकामा नेकपा विप्लव माओवादीको आमसभामा मित्र पार्टीका रुपमा बैद्य माओवादीलगायत केही शीर्ष नेतालाई निम्तो दिईएको जनसभा प्रचारप्रासर उपसमितिका संयोजक पार्टीका केन्द्रीय सदस्य पुनले जानकारी दिनुभयो । विप्लव माओवादीले (नेकपा) र कांग्रेसलाई दलाल पुँजीवादका मतियार भएको भन्दै जनता र देशलाई धोका दिएको आरोप लगाएको छ ।

जनसभा प्रचारप्रसार उपसमितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘राष्ट्रघात चुलिएको, जनघात चरम अवस्थामा रहेको, महँगी, कालोबजारी, तस्करी, कमिशनखोरी, हत्या, हिंसा र बलात्कार बढेको, विभिन्न साम्राज्यवादी शक्तिहरुको चलखेल बढेको अवस्थामा हाम्रो पार्टीले पार्टी पूनर्गठन दिवसका सन्दर्भमा आयोजना गरेको जनसभा सफल बनाउन सवैमा अपील गर्छौ ।’

प्रतिक्रिया दिनुहोस्