बेहुला बेहुलीको फेशन



हालैको चिसिँदै गएको एक साँझको समयलाई फेसनमय बनाउने क्रममा नक्सालस्थित बन्जला मस्काभा रेस्टुराँको बगैंचामा फेसन डिजाइनर आर्शिया बानुका बेहुली बेहुला मनमोहक पहिरनमा सजिएर आकर्षक रूपमा देखा परे।

आर्शिया काउचर शीर्षकमा आफ्नो ब्राइडल वेयर कलेक्सन सार्वजनिक गरेकी डिजाइनर आर्शियाले तीन सिक्वेन्समार्फत आफ्ना सिर्जनाहरू प्रस्तुत गरिन्। ब्राइडल, गाउन र लेहेंगा सिक्वेन्समा मँलतः नेट, रअ सिल्क, भेल्भेट तथा ढाका प्रयोग देखियो भने ती पहिरनमा जरदोजी, थ्रेड, मिरर, बिड्स तथा सिक्वेन्स वर्कको आकर्षण र≈यो।


विभिन्न डिजाइनको लेहेंगा र गाउनको बाहुल्यता रहेको सो फेशन शोमा पुरुष मोडलले दौरा सुरुवाल र शेरवानी प्रदर्शन गरेका थिए। २ पुरुष तथा १० महिला मोडलको प्रस्तुतिमा सम्पन्न फेशन शोमा मिस नेपाल इन्टरनेसनल २०१७ नीति शाह तथा म्यानहन्ट इन्टरनेसनल नेपाल २०१२ सनिश शाक्य शो स्टपरका रूपमा थिए। कार्यक्रम अनुप सक्सेनाको कोरियोग्राफी तथा ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जीईईको व्यवस्थापनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्