कञ्चनपुरका अन्तरजातीय विवाह गर्ने दुई जोडी सम्मानित



मनोज भट्ट, महेन्द्रनगर । अन्तरजातीय विवाह बन्धनमा बाँधिएका दुई जोडी सम्मानित भएक छन् । जिल्ला हलिया मुक्ति समाज कञ्चनपुरले अन्तरजातीय विवाह समाज रुपान्तरणका लागि पुगाएको योगदानको कदर गर्दैै सम्मान गरेको हो ।

पूर्व सभासद् हरि श्रीपाइलीको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम गरी गणेश लुहार र हंशा जोशी तथा सञ्जय नेपाली र पुनम जैशीको जोडीलाई सम्मान गरिएको हो । कार्यक्रममा पूर्व सभासद् श्रीपाइलीले दुबै जोडीलाई फुलमाला र टिका लगाएर सम्मान गरे ।

‘अन्र्तजातीय विवाह गरी समाज रुपान्तरणका लागि तपाईहरुले खेल्नू भूमिका निकै महत्वपूर्ण छ, यो योगदानको समाजले सधैं कदर गर्नेछ’ उनले भने,‘यसले समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ ।’ पूर्व सभासद् श्रीपाइलीले दुबै जोडीलाई आय आर्जन सहितका कार्य गर्नका लागि सहयोग गर्नु पर्नेमा जोड दिए । सम्मानित हुनेमा गणेश र हंशा भीनपा वडा नं. १५ तथा सञ्जय र पुन वडा नं. ४ का वासिन्दा हुन् ।

हंशा र जोशी दुबैले ब्युटीपार्लर तालिममा सहभागी भएको हलिया मुक्ति समाजका अध्यक्ष शिवी लुहारले बताए । हलिया मुक्ति समाज समाज रुपान्तरणका अभियन्ता दुबै जनालाई संस्थाले सधै प्राथमिकता दिने बताए । ‘यो सबैको लागि गर्वको कुरा हो, यसका लागि संस्था दुबै जोडीलाई धन्यवाद दिन चाहन्छ, आगामी दिनमा संस्थाको तर्फबाट हुने सहयोग गर्छ ।’

नेकपाका नेता माधव कुमार नेपाल नेतृत्वको सरकारले सामाजिक विभेद अन्त्य गरी सामाजिक समानताका लागि अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न भत्ता दिने व्यवस्था गरेका थिए । समाजका अध्यक्ष लुहारको अध्यक्षतामा गरिएको कार्यक्रममा समाजका अगुवा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्