१ सय ७१ वर्ष कैद असुल गर्न बाँकी



किरन धामी, दार्चुला
दार्चुला जिल्ला अदालत द्धारा फैसला भएका मुद्धाहरु मध्ये वि.स. २०४० साल देखी हाल सम्म फैसला भएका मध्ये ३७ थान मुद्धाको कैद तथा जरीवाना रकम असुल गर्न बाकी रहेको छ । फैसला कार्यान्वय हुन बाकी रहेका मुद्धाहरु मध्ये जरीवानाका २० थान, कैद मात्रै फैसला भएका १७ थान तथा कैद र जरीवाना दुवै फैसला भएका ७ थान मुद्धा रहेका छन् । हाल सम्ममा १ सय ७१ वर्ष ८ महिना ४ दिन कैद तथा १ करोड ८९ लाख ३१ हजार ३ सय ७५ रुपैया जरीवाना रकम असुुल गर्न बाकी रहेको जिल्ला अदालतका तहशिलदार गणेश रैखोलाले जानकारी दिए ।

कैद मध्ये अन्य चोरी मुद्धामा सबै भन्दा कम १६ दिन तथा सबै भन्दा बढी कर्तव्य ज्यानमा २० वर्ष असुल गर्न बाकी रहेको उनको भनाई छ । दार्चुला जिल्ला अदालतको तथ्यांक अनुसार सबै भन्दा पुरानो २०४० सालमा फैसला भएको आगलागी मुद्धाको ४ वर्ष कैद तथा सबै भन्दा पछिल्लो वैंकिंङ्ग कसुर अन्तरगत २०७५ सालमा फैसला भएको ४ वर्ष कैद र १ करोड ८६ लाख ३९ हजार ७ सय ७५ रुपैया जरीवाना असुल गर्न बाकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्