सिटिजन्स बैंक बन्ड २०८५ को बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल



काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनलले हजार रुपियाँ अंकित दरका २५ लाख कित्ताले हुुन आउने २ अर्ब ५० करोडबराबरको सिटिजन्स बैंक बण्ड २०८५ निष्कासनको निम्ति ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ ।

ऋणपत्र निष्कासन सम्बन्धी सम्झौता पत्रमा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गर्नुभएको छ् ।

२ अर्ब ५० करोड बराबरका ऋणपत्रमध्ये ८० प्रतिशत (रु.२ अर्ब) व्यक्तिगत र २० प्रतिशत (रु. ५० करोड) सर्वसाधरणका लागि नेपाल धितोपत्र बोर्डको स्वकृतिपश्चात् निष्कासन तथा बिक्री खुला गरिने बैंकले जनाएको छ । सिटिजन्स बैंकले ८० वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाईबाट करिब तीन लाख ५० हजार ग्राहकलाई बैंकिङ दिँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्