मेगा क्यापिटल मार्केटस्लाई धितोपत्र बोर्डको सैद्दान्तिक सहमति



काठमाडौं, (नेस)
मेगा क्यापिटल मार्केटस् लिमिटेडलाई मर्चेन्ट बंैकिङ व्यावसाय गर्न नेपाल धितोपत्र बोर्डले सैद्दान्तिक सहमति दिएको छ । मेगा बैंक नेपालको पँर्ण स्वामित्वमा सहायक कम्पनीका रुपमा मेगा क्यापिटल मार्केटस् लिमिटेड सञ्चालनमा आउन लागेको हो ।

यसको अधिकृत पुँजी ३० करोड छ भने चुक्ता पुँजी २० करोड रुपियाँ रहेको छ । धितोपत्र बोर्डबाट सैद्धान्तिक सहमति प्राप्त गरेको ६ महिनाभित्रमा कम्पनीका सम्पँर्ण पँर्वाधार निर्माण गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको क्यापिटलका अध्यक्ष ईश्वरबहादुर गुरुङले जानकारी दिनुभयो ।

मेगा क्यापिटल मार्केट्स लिमिटेडले त्रिपुरेश्वरस्थित साकेत कम्प्लेक्समा रहेको कर्पोरेट कार्यालयबाट आफ्नो व्यवसाय सञ्चालन गर्नेछ । सञ्चालनमा आएपछि निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभँति, शेयर रजिष्ट्रार, लगानी कोष व्यवस्थापन, संस्थागत परामर्श जस्ता सम्पँर्ण मर्चेन्ट बैंकिङ सेवा एकै स्थानबाट प्रदान गर्ने कम्पनीका सीईओ सुदयकान्त झाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्