पहिलो तीन महिनामा बैंकहरुको नाफा उच्च, कर्जा लगानीमा दबाब



राजु श्रेष्ठ, काठमाडौं
सञ्चालनमा रहेका सबै वाणिज्य बैंकले चालँ आर्थिकको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । नेपाल राष्ट्र बैंकले लागँँ गरेको नेपाल फाइनान्सियल रिपोटिङ स्टान्डर्ड (एनएफआरएस) प्रणाली अनुसार सबै बैंकले आफ्नो वित्तीय विवरण प्रकाशित गरेका छन् । वाणिज्य बैंकहरुको प्रकाशित वित्तीय विवरण अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्कै सुधार भएको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाका निम्ति यतिबेला निक्षेप र कर्जा परिचालनका निम्ति संकटको स्थिति रहेको भनिएता पनि वित्तीय विवरणमा बैंकहरूको नाफामा उल्लेख्य सुधार भएको देखिन्छ । नाफा बढ्नुमा चुक्ता पुँजीमा भएको वृद्धि सहयोगी बनेको बताइन्छ । २८ वटा वाणिज्य बैंकले चालँ आर्थिक वर्षको पहिलो त्रैमासमा कुल १५ अर्ब ४८ करोड ३६ लाख रुपियाँ खुद नाफा कमाएका छन् । अघिल्लो आवमा उनीहरुले जम्मा १० अर्ब ६४ करोड २८ लाख रुपियाँ नाफा कमाएका थिए ।

तीन महिनाको अवधिमा एक अर्ब रुपियाँभन्दा माथि कमाउने बैंकमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नबिल बैंक रहेका छन् । यी बैंकको खुद नाफा क्रमशः १ अर्ब ११ करोड ९० लाख, १ अर्ब ५ करोड ४६ लाख र १ अर्ब ५ करोड २४ लाख रुपियाँ रहेको छ ।

बंैकहरुको खुद नाफामा उल्लेख्य सुधार देखिए पनि प्रतिशेयर आम्दानीको क्षेत्रमा खासै सुधार भएको देखिँदैन । प्रतिशेयर आम्दानीको आधारमा सबैभन्दा अगाडि नबिल बंैक रहेको छ । जसको प्रतिशेयर आम्दानी ५१ दशमलव ३६ रुपियाँ रहेको छ । त्यस्तै दोस्रो स्थानमा एनसीसी बैंकको ४० दशमलव शँन्य ५ रुपियाँ र तेस्रो स्थानमा नेपाल बैंकको ३९ दशमलव ९२ रुपियाँ रहेको छ । सबैभन्दा कम सिभिल बैंकको ५ दशमलव ९५ रुपियाँ रहेको छ । सबैभन्दा कम नाफा कमाउनेमा पनि सिभिल बैंकको रहेको छ । जसको नाफा जम्मा १८ करोड ५० लाख रुपियाँमात्रै रहेको छ ।

सीसीडी रेसियोको स्थिति
१ राष्ट्रिय वाणिज्य बैंक ६७.८७
२ स्ट्यान्डर्ड चार्टर्ड बैंक ६८.३४
३ नेपाल बैंक ७१.०९
४ नेपाल एसबीआई बैंक ७५.४२
५ प्रभु बैंक ७५.६८
६ कृषि विकास बैंक ७५.८९
७ एभरेष्ट बैंक ७७.३२
८ नेपाल इन्भेष्टमेन्ट बैंक ७७.४५
९ बैंक अफ काठमाडौं ७७.४८
१० सन्राइज बैंक ७७.५६
११ ग्लोबल आइएमई बैंक ७७.६४
१२ एनआईसी एसिया बैंक ७७.६८
१३ नबिल बैंक ७७.८५
१४ लक्ष्मी बैंक ७८.०४
१५ एनएमबि बैंक ७८.३१
१६ हिमालयन बैंक ७८.७७
१७ माछापुच्छे« बैंक ७८.९२
१८ एनसीसी बैंक ७८.९८
१९ सानिमा बैंक ७९.१४
२० सिद्धार्थ बैंक ७९.४७
२१ नेपाल बंगलादेश बैंक ७९.४७
२२ सेञ्चुरी बैंक ७९.५
२३ जनता बैंक नेपाल ७९.५२
२४ मेगा बैंक नेपाल ७९.६१
२५ सिटिजन्स बैंक ७९.६२
२६ प्राइम कमर्सियल बैंक ७९.८
२७ कुमारी बैंक ७९.९१
२८ सिभिल बैंक ७९.९७

अघिल्लो वर्षको तुलनामा सबैभन्दा बढी मेगा बैंकले नाफा बढाउन सफल भएको छ । उक्त बैंकले ३९४ दशमलव ४९ प्रतिशतले नाफा वृद्धि गरेको छ । सय प्रतिशतभन्दा बढी नाफा कमाउने मेगा बैंक, कुमारी बैंक, एनआईसी एसिया बैैंक र सेञ्चुरी बैंकका रहेका छन् । कुमारी बैंकको १९३ दशमलव २५ प्रतिशत, एनआईसी एसिया बैंकको १७० दशमलव शँन्य ९ प्रतिशत र सेञ्चुरी बैंकले १०४ दशमलव ७८ प्रतिशत नाफा वृद्धि गरेका छन् । अघिल्लो वर्षको तुलनामा नाफा घट्ने नेपाल बैंकको रहेको छ । बैंकको ५ दशमलव ९१ प्रतिशत नाफा घटेको छ ।

त्यस्तै सबैभन्दा बढी चुक्ता पुँजी कृषि विकास बैंकको १३ अर्ब ९३ करोड ७९ लाख रुपियाँ रहेको छ । दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंकको १० अर्ब ६४ करोड ५५ लाख रुपियाँपुगेको छ र तेस्रो स्थानमा मेगा बैक नेपालको १० अर्ब २८ करोड रहेको छ ।

नेपाल राष्ट्र बैंकको नीतिअनुसार ८ अर्ब रुपियाँ चुक्ता पुँजी तीन वटा बैंकलले पु¥याउन सकेका छैनन्। जसमध्ये कुमारी बैंकको चुक्ता पुँजी ७ अर्ब १७ करोड रुपियाँ रहेको छ । अपुग ८३ करोड ६६ लाख रुपियाँ निम्ति बैंकले बोनस शेयर दिने योजना राष्ट्र बैंकमा पेश गरिसकेको छ ।

त्यस्तै बैक अफ काठमाडौंले पनि १३ दशमलव २५ प्रतिशत बोनस विवरण गरी चुक्ता पुँजी ७ अर्ब ७ करोड रुपियाँ पु¥याउँदै छ । अझै उसलाई ९२ करोड ७१ लाख रुपियाँ कम हुनेछ ।

चुक्ता पुँजीको आधारमा एनसीसी बैंकको सबैभन्दा कमजोर रहेको छ । यस बैंकको जम्मा ४ अर्ब ६८ करोड रुपियाँ चुक्ता पुँजी रहेको छ । केही समय अघि बिक्री गरेको हकप्रद शेयरपछि पनि बैंकको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख रुपियाँमात्रै पुग्नेछ ।

नेपाल राष्ट्र बैंकको नीतिअनुसार वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) ८० प्रतिशतभन्दा कम हुनुपर्छ । चालँ आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्म आइपुग्दा बैंकहरुमा तरलता अभाव बढ्दै गएको सीसीडी रेसियोको सीमा नाघ्ने स्थितिमा रहेको बैंकहरुकै वित्तीय विवरणले देखाएको छ । सीसीडी रेसियोको दबाबमा रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्