नाइट क्लबको बाथरुममा हिन्दु देवी देवता



न्युयोर्क (एजेन्सी)
अमेरिकामा हिन्दुको धार्मिक भावनालाई चोट पुर्याएको एक घटना बाहिर आएको छ । एक नाइट क्लबको बाथरुमका भित्ताहरुमा सरस्वती, दुर्गा, काली, शिव र गणेशको तस्वीर राखिएको देखिएको छ । यस सम्बन्धमा एक भारतिय महिलाले उक्त क्लबलाई लिखित गुणासो पोखेकी छिन् ।

त्यसपछि बाथरुमका डिजाइनरले सांस्कृतिक अज्ञानतालाई लिएर माफी मागेको बताइएको छ ।

अमेरिकाको आहायो राज्यमा बस्ने अंकिता मिश्राले ‘माई कल्चर इज नट योर बाथरुम‘ ह्यासट्यागसँग इन्टाग्राममा लेखेकी छिन्– गत सप्ताहन्त न्यु योर्कको ‘येस क्लब ‘को बाथरुमको प्रयोग गर्न पाइन । आफना भारतिय देवी देवताका तस्वीर बाथरुममा किन राखेका हुन् ।

अंकित जब उक्त क्लबको वासरुममा गइन्, उनले धेरै अप्ठ्यारो महसुस गरिन् । उनले एक न्युज वेबसाइटमा आफनो ब्लमा लेखेकीछिन्– गत महिना साथीहरुसँग रात्री जमघटका क्रममा म शान्त हुन सकिन, जब म न्युयोर्क हाउस आफ येसको भीआईपी वाथरुमको सजावट देखें । भित्ताहरु हिन्दु देवी देवताहरु काली, दुर्गा, शिव र गणेशको तस्वीरले भरिएका थिए ।

अंकिताले सिधै क्लबको इमेलको माध्यमबाट गुणासो पोखिन् । मेलमा उनले लेखेकी छिन्– सार्वजनिक स्थानमा शान्ति बनाइराख्नका लागि मैले आफनो आवाज दबाउँदै आएकी छु । यद्यपी फेसबुक र इन्स्टाग्राममा हाउस आफ येसलाई लिएर मेरो अनुभवलाई सेयर गरेपछि मैले तपाईसँग सिधै सम्पर्क गर्न चाहेकी छु । मलाई विश्वास छ , हाउस अफ येस त्यस्तो स्थान हो जहाँ मेरो आवाज सुन्नेछ र राम्रोका लागि परिवर्तन हुन सक्छ ।

अंकिताको मेलको जवाफमा उनलाई क्लबको तर्फबाट डिजाइनरको मेल आयो जसले आफ्नो सांस्कृतिक अज्ञानताका लागि माफी मागेका छन र छिट्टै बाथरुमका भित्ताको स्वरुमा परिवर्तन गर्ने विश्वास दिलाएका छन् । बाथरुपम गर्न अगाडी आफुले संस्कृतिलाई लिएर अध्ययन नगरेकोमा आफुलाई अफसोच लागेको डिजाइनरले जवाफमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्