पहिलोपटक मनाइयो नेपालमा अन्तराष्ट्रिय पुरुष दिवस



नेपाल समाचारपत्र, ललितपुर ।
नेपालमा नारी दिवस भनेर त पहिले देखी मनाउदै आएको प्रचलन हो तर पहिलोपटक पुरुष दिवस पनि मनाईएको छ । स्वतन्त्र युवाहरुको समूह हामी दाजुभाइको आयोजनामा नेपालमा पहिलोपटक सोमबार अन्तराष्ट्रिय पुरुष दिवस २०१८ मनाइएको हो ।

सबै पुरुषहरु हिंसालु र बलात्कारी हुँदैनन्, पुरुषहरुलाई असल र आदर्श पुरुष बन्नका लागि उत्प्रेरणा दिन आवश्यक भएको र बालक तथा किशोरमाथि भइरहेको यौन दुव्र्यवहारका समस्या समाजमा लुकि बसेकाले त्यसलाई उजागर गर्नु पर्ने उद्देश्यका साथ पुरुषदिवस मनाइएको कार्यक्रममा संयोजक सन्जोग ठकुरीले बताए ।

 

पुरुष दिवस महिलाको अधिकारलाई संकुचित पार्नका लागि नभई महिलाको अधिकार हनन् नगर्न पुरुषहरुलाई प्रोत्साहित गर्न र बालक तथा किशोरहरुमाथि भइरहेको यौन दुव्र्यवहारको विषयमा थप जागरुकता ल्याउनका निम्ति आयोजनागरिएको संयोजक ठकुरीले बताए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्