वीरगन्ज नाका मानव तस्करका लागि अनुकुल



कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्ज नाकालाई मानव तस्करहरुले सबैभन्दा सुरक्षित नाकाको रुपमा लिएको पाइएको छ ।
नेपालबाट भारत तथा तेश्रो मुलुक युवती बिक्रीका लागि दलालहरुले प्रवेश गराउने मुख्य नाका वीरगन्ज सजिलो भएकाले उनीहरुले यसलाई अनुकुल रुपमा लिएको पाइएको छ। पछिल्लो पटक मकवानपुरको गोगनेका दुई दिदीबहिनीको पर्साको वीरगन्ज नाकाबाट उद्वार गरिएसँगै वीरगन्ज नाकाबाट चेलीहरुको बिक्रीका लागि प्रयोग हुने गरेको आशंका बढेको छ ।

वीरगन्जमा कृयाशिल सामाजिक संस्था केआइ नेपाल र पर्सा प्रहरीको सहयोगमा रमिला बिक र सर्मिला बि.क.(नाम परिवर्तन)लाई उद्वार गरिएको हो । स्थानीय सीमा बिकले रामचन्द्र खत्रीको सहयोगमा भारत तर्फ बैदेसिक रोजगारीका लागि लैजानै गरेको अवस्थामा उद्वार गरिएको केआइ नेपाल वीरगन्ज्की प्रमुख तारा सापकोटाले जानकारी दिइन् ।

उनका अनुसार ती बिक दिदीबहिनीलाई दुबइ लैजाने भन्दै काठमाडौंबाट बिमान चढाएर भरतपुर उतार्दै वीरगन्जको नाका हुँदै भारत लगिदै थियो । टाँगा चढेर रक्सौल नाका कट्ने क्रममा बहिनीलाई उद्वार गरेपछि दिदीलाई पनि उद्वार गर्न सफल भइएको उनले बताइन् । सीताले उनीहरुबाट करिब दुई लाख लिइसकेको र उनीहरुका बिषयमा पर्सा प्रहरीले अनुसंधान जारी राखेको ताराले बताइन् ।

यसरी भयो भारत छिराउने योजना
घरमा राम्रो आम्दानीको श्रोत नभएपछि बिक दिदी बहिनी आकर्षक रोजगारीका लागि बिदेश जाने मनस्थितिमा रहे । उनीहरुलाई बिदेश जान उस्काउनमा उनीहरुकै आफन्त पर्ने सीताले हात रह्यो । सीताले दिल्ली उनीहरुलाई पुर्याए बापत निश्चित रकम लिने गर्दथिइन् ।

उनीहरुलाई काठमाडौंबाट दुबइ भन्दै भारतपुर बिमान स्थलमा ओरालियो । सीता भरतपुरमा नै पुगिन् अनि जे भयो झुक्काएछन् अब म तिमीलाई राम्रोसंग दुबइ पुर्याउछु भन्दै दुई दिन नारायणघाटमा बसेर उनीहरुलाई सुनौली नाका भएर भारत जाने योजना बनाए र कृष्णनगर पनि पुगे तर त्यहाँ कडाइ भएपछि पुनः उनीहरु नारायणघाट फर्किए ।

नारायणबाटमा चारदिन बसेपछि उनीहरु वीरगन्जको नाका भएर भारतको बाटो हुँदै दिल्ली जान हिँडे । दिल्ली जानेक्रममा वीरगन्ज नाकाबाट दिदी र सीता फुत्किन सफल भएपनि बिक बहिनी र रामचन्द्र भने नियन्त्रणमा परे र पटना पुगेका बिक दिदी र दलाल सीतालाई प्रहरीले पक्राउ गरेको हो। उद्वार गरिएकालाई आफन्तको जिम्मा लगाइएको छ भने पक्राउ परेकाहरु बिरुद्ध मानव बेचबिखन बिरुद्ध मुद्दा पर्सा प्रहरीले चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्