माघमा गरुड पुराण



आगामी माघमा गरुड पुराण हेर्न पाइने भएको छ। माघ ४ गते अल नेपाल रिलिज हुने गरुड पुराणले रिलिज डेट तय गर्दै फस्ट लुक्सका रूपमा आइतबार पोस्टर रिलिज गरेको छ।
फिल्म सुवास कोइरालाले निर्देशन गरेका छन्। रिलिज पोस्टरमा अभिनेता नाजिर हुसेनलाई ब्यान्ड मास्टरका रूपमा प्रस्तुत गरिएको छ। त्यसै गरी अभिनेताहरू कर्मा शाक्य, प्रवीण खतिवडा, कामेश्वर चौरसिया र अभिनेतृ प्रियंकासिंह ठकुरी पोस्टरमा समेटिएका छन्।

अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको फिल्ममा लुमिना तुलाधर, वसन्त भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठलगायत पनि प्रमुख भूमिकामा छन्। पारिवारिक प्रेमकथामा आधारित आफ्नो सिनेमा हास्यप्रधान जनरामा तयार भएको निर्देशक कोइरालाले बताए। आकाश बराल, बिनोल खतिवडा र सुवास आफैंले लेखेको फिल्मको कथा कसम नेपालको हो।

रेनेशा बान्तवा राईको कोरियोग्राफी रहेको फिल्ममा कोशिस क्षत्रको संगीत, कोशिस र मनीषा पोखरेलको गायन, सुशन प्रजापतिको छायांकन र उज्ज्वल ढकालको सम्पादन रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्