भद्रकाली र इडनब्रीज बिजयी



काठमाडौं, (नेस)
भद्रकाली र इडनब्रीज स्कुलले भ्यालीपब्लिक कप १३औं अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको सिनियर छात्राको खेलमा जित हात पारेको छ ।
आईतवार भएको खेलमा भद्रकालीले स्किबलाई ३२–१५ ले हराउदा सिमरन महर्जनले १८ स्कोर गरिन् । इडनब्रीजले भने दोहोरो जित निकालेको छ ।

पहिलो खेलमा ड्याफोडिललाई ३०–१३ को स्कोरमा हरायो । दोश्रो खेलमा काठमाण्डौ बिद्याकुन्ज स्कुललाई १५–४ को स्कोरमा स्पब्ध बनायो । दुवै खेलमा उत्कृष्ट प्रदर्शन गरेकी इडनब्रीजकी इशा मगरले पहिलो खेलमा १७ र दोश्रो खेलमा ६ स्कोर गरेकी थिईन् । सिनियर छात्राकै अन्य खेलमा सुभाना अधिकारीको १० स्कोरमा सहयोगमा आयोजक भ्यालीपब्लिकले लालीगुरासलाई ३८–४ को स्कोरमा हरायो ।

गल्फुटार स्थित आयोजकको कोर्टमा भएको सिनियर छात्रको खेल ड्याफोडिलले इडनब्रीजलाई ३५–११ को स्कोरमा हरायो । नाम्सले काठमाण्डौ बिद्याकुन्जले ४१–१४ को स्कोरमा हराउदा भ्याली पब्लिक ए ले सैनिकलाई ४२–३२ को स्कोरमा रोक्यो ।

प्रतिक्रिया दिनुहोस्