छिटै दिऊ सुझाव



मुलुककै पुरानो र ठूलो भनिएको पार्टी काँग्रेस गत वर्षको निर्वाचनपछि निकै खस्किएको छ । वर्षौसम्म सत्ताकै वरिपरी रमेको सो पार्टी संसदमा नराम्रोसँग खुम्चिएपछि पार्टीका कमिकमजोरी औल्याउन नेता तल्लिन छन् । ‘प्रतिपक्षी दल कहाँ छ भनेर खोजी गर्नुपर्ने अवस्था आयो’ भन्दै सत्तारुढ दलका नेता बेला मौकामा कटाक्ष गर्न भ्याउँछन् ।

काँग्रेस कमजोर हुने कारण पहिल्याउन खै कैले कैले मिटिङ अनि औसी पूर्नेमा गुटबन्धी सेटिङ पनि खुवै हुन्छ भन्ने सुनिन्छ । तर अझै पनि पार्टी कमजोर भएको खास कारण पत्ता लाग्न सक्या छैन । यस्ता तर्क भने सो पार्टी भित्र निकै हुन्छन् ।

बाम गठबन्धनका कारण काँग्रेसलाई कमजोर बनाइयो ।
पाटीभित्रको स्वार्थी समूहलाई विस्थपित नगरेसम्म पार्टी अवस्था सुध्रिन्न ।
पार्टी सुधार्न देउवाको मनोमानी र दादागिरी अन्त्य हुनुपर्छ ।
काँग्रेस शसक्त प्रतिपक्ष बन्न नसक्दा झनै कमजोर भयो ।

वर्षौसम्म सत्ता वरिपरी रुमलिँदा काँग्रेस कमजोर भयो । नेतृत्व हावी भयो, विधान अनुसार पार्टी चलेन ।

पाठकवृन्दलाई अरु कुनै कारण थाहा भए तत्कालै सुझाव दिइहाल्नु प¥यो । हैन भने काँग्रेस त अर्को चुनावसम्म यस्तै यस्तै कारण खोज्न व्यस्त हुने भयो ।

प्रतिक्रिया दिनुहोस्