घोराही सिमेन्ट उद्योग पुरस्कृत



काठमाडौं, (नेस)
देशभरका उद्योगी करदातामध्ये घोराही सिमेन्ट उद्योग समयमै र सबैभन्दा धेरै कर तिर्ने उद्योगका रुपमा सम्मानित भएको छ ।

सातौं कर सप्ताहका अवसरमा शनिबार काठमाडौंमा आयोजित विशेष समारोहमा उद्योगलाई सम्मान गरिएको थियो ।

सरकारले सात वर्ष अघिदेखि राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । राजस्व विभागले सातौं राष्ट्रिय कर दिवसका अवसरमा उद्योगलाई सम्मान गरेको हो ।
स्थापनाकालदेखि हालसम्म समयमै मँल्य अभिवृद्धि कर विवरण र कर बुझाएका करतादातामध्ये आर्थिक वर्ष २०७३÷७४ मा सबै भन्दा बढी मँल्य अभिवृद्धि कर दाखिला गरेको भन्दै विभागले सम्मान गरेको हो ।

उद्योगका जनसम्पर्क अधिकारी अमर सुवेदीका अनुसार हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत गत वर्ष मात्रै पनि उद्योगले करिब तीन करोड रुपियाँ बराबरको रकम योगदान गरेको थियो । उद्योगले सडक निर्माण, धुलो नियन्त्रण, बृक्षरोपण, वातावरण सरसफाई, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सहयोग गर्दै आइरहेको उद्योगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्