चिनिया राष्ट्रपति सि उत्तर कोरिया जाने, अज्ञात हतियार परिक्षण



 

सोल,(एजेन्सी)
चिनियाँ राष्ट्रपति सि जिन्पिंगले उत्तर कोरियाली नेता किम जोंग उनको निमन्त्रणा स्विकार्दै आगामी वर्ष उत्तर कोरियाको भ्रमण गर्ने योजना बनाएको शनिवार दक्षिण कोरियाले जनाएको छ ।

यसबाट सि सन् २००५ पछि उत्तर कोरिया पुग्ने पहिलो चिनिया नेता हुनेछन् । पपुवा न्यु गिनीमा आयोजित एसिया प्रशान्त आर्थिक सहयोग संगठन ( एपेक ) को शिखर सम्मेलनको दौरान भएको द्विपक्षिय भेटघाटको क्रममा सिले दक्षिण कोरियाली राष्ट्रपति मून जाय इनलाई आफुले आगामी वर्ष उत्तर कोरिया भ्रमणका लागि समय मिलाउने बताएका थिए ।

यसैबिच सिले कोरियाली प्रायद्विपमा शान्ति निर्माणका लागि चीनले निरन्तर सकारात्मक भुमिका निभाउने बताएके दक्षिण कोरियाली राष्ट्रपतिय कार्यालयका प्रवक्ता किम इउइ – किओमले बताएका छन् ।

यता उच्च प्रविधियुक्त एक नयाँ सामरिक हतियारको सफल परिक्षणबाट शुक्रवार उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उन आश्चर्य चकित भएके सरकारी संचार माध्यमले जनाएको छ । तर केसिएनएले त्यो कुन प्रकारको हतियार भन्नेबारे कुनै विस्तृत विवरण भने दिएको छैन बरु यो लामो समय देखि विकास हुँद ैआएको जनाएको छ ।

यो उत्तर कोरियाको यस वर्षकै पहिलो औपचारिक हातहतियार परिक्षण प्रतिवेदन हो । गत १२ जुनमा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबिच कोरियाली प्रायद्विपलाई निशस्त्रीकरण गरिनुपर्ने विषयमा सहमति भक्एो थियो । तर सो सहमतिको विस्तृत योजना भने तय भएको थिएन ।
दक्षिण कोरियाले आफुले त्यो कुन प्रकारको हतियार हो भन्ने थाहा पाउन विश्लेषण गरिरहेको जनाएको छ । अन्तर्राष्ट्रिय जगतले यस कदमले उत्तर कोरिया आफ्ना हातहतियार विाकास वा क्षेप्यास्त्र अखडाहरु बन्द गर्नेबारे गम्भीर र प्रतिवद्ध नहेको देखाएको जनाएको छ ।


यस घटनावारे प्रतिक्रिया दिने क्रममा अमेरिकी विदेश विभागका प्रवक्ताले राष्ट्रपति ट्रम्प र किमबिच भएको वाचाहरु पुरा हुनेबारे अमेरिका विशवस्ता रहेको बताएका छन् । केसिएनएले जनाएको छ , ‘ राष्ट्रिय विज्ञान प्रतिरक्षा प्रतिष्ठानमा किम जोंग उनले भर्खरै विकास गरिएको सामरिक हतियारको परिक्षण अलोकन गरेका छन् ।

यो परिक्षण कार्य सफलता पुर्वक सम्पन्न भएको छ । कमले जनसेनाको शक्तिलाई सुदृढ गारउन अर्को आयाम थपिएकोमा सन्तोष व्यक्त गरेको पनि बताइएको छ । यसैबिच उत्तर कोरियाले गत अक्टोवरमा चीनबाट अवैध ढंगले आफ्नो भुमिमा प्रवेश गरेका एकजना अमेरिकी नागरिकलाई अमेरिका समक्ष सुपुर्दगी गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्