नेविसंघको महाधिवेशन माघ पहिलाे साता



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाली काग्रेसको शसक्त भातृ संगठन नेपाल विद्यार्थि संघको १२ औं महाधिवेशन गर्नकोलागि २ महिना समय थप गरि विधान संशोधन गरिएको छ । आइतवार बसेको काग्रेस केन्द्रिय समिति बैठकले नेविसंघको विधान परित गर्दै माघ २ गते भित्र महाधिवेशन गर्न समय थप गरेको हो ।

काग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले नेपाल समाचारपत्रलाई जानकारी दिदै यो दुईमहिनाको अवधिमा महाधिवेशन गर्न सकिने बताउदै विधान सर्वसहमतिले पारित गरेको बताउनु भएको छ । महाधिवेशन गर्न दुई महिना समय पाए संगै नेविसंघको प्राण जोगिएको छ । नत्र नेविसंघ आइतवार देखि नै विघटनको संघारमा पुगेको थियो ।

एघारौं महाधिवेशन पछिको नेतृत्वको समयसिमा गत भदौंमा नै सकिएको थियो । आन्तरीक विवादका कारण दुई वर्ष भित्र अधिवेशन गर्न नसकेपछि तीन महिना समय थप गरिएको थियो । यो तीन महिनाको अवधि पनि हिजो आइतवार सकिएको छ ।

आन्तरीक रुपमा गुट–उपगुटमा विभाजित नेपाली काग्रेसलाई आफ्नो शसक्त भातृ संगठन नेपाल विद्यार्थि संघ (नेविसंघ) को लफडा मिलाउन निकै सकस परेको थियो । नेविसंघको प्राण वचाउन अघिल्लो दिन नै काग्रेस केन्द्रिय समितिले निर्णय गर्न खोजेपनि शीर्ष नेताहरुको असहमतिका कारण बैठक स्थगित भै आइतवार पुनः बैठक बसेको थियो । आइतवार दिनउसो बोलाईएको बैठक सहमतिको प्रयास गर्दा गर्दै राती अवेर मात्र बसेको थियो ।

विधानत स्वत भङ्ग हुने अवस्थामा पुगेपछि नेविसंघको वर्तमान कार्यसमितिले नै दुईमहिना भित्र अघिवेशन गर्ने गरि विधान संशोधन गरिएको काग्रेस केन्द्रिय सदस्य शीवप्रसाद हुमागाईले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्