सवारी दुर्घटनामा ५ जनाको मृत्यु



काठमाडौं ।
चितवन, भक्तपुर, मकवानपुर र सिराहामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
चितवन भरतपुर महानगरपालिका(६ ब्रमदेब चोकस्थित सडकमा ना।५ ख ६९९८ नम्बरको ट्रिपरले साईकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका साईलकलमा सवार भरतपुर महानगरपालिका(१५ डेरा गरी बस्ने भारतका महम्मद आलमको ४ वर्षीय छोरा अहिल महम्मद आलमको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ । ट्रिपर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुर मध्यपुर ठिमी नगरपालिका(३ नमुना बस्तीमा बा।४ ख ४२१५ नम्बरको पानी ट्याङकरको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री भक्तपुर गठ्ठाघर बस्ने तेह्रथुमका ७८ वर्षीय नेत्रबहादुर पराजुलीको नागरिक अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ । ट्याङकर साहुलाई नियन्त्रणमा लिई फरार ट्याङकर र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

मकवानपुर हेटौंडा उपमहानगरपालिका(९ गुम्वा चोकस्थित पूर्वपश्चिम राजमार्गमा ना।६ ख ७०१७ नम्बरको ट्रकले ना।१ ह ८९५९ अटो र ना।४६ प ६२१ नम्बरको मोटरसाइकललाई साईड दिने क्रममा आइतबार बिहान अनियन्त्रित भई पल्टिदा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका(४ बस्ने २० वर्षीय सुदिप घिमिरे र अटो सवार सोही ठाउँ बस्ने ३५ वर्षीया गंगा चेम्जुङ् गम्भीर घाइते भएकोमा हेटौंडा अस्पतालमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीलर नियन्त्रणमा लिएको छ ।

सिराहा लहान नगरपालिका(४ स्थित हस्पिटल चोकमा ना।४ ख ४७१३ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी पैदलयात्री लहान नगरपालिका(८ बस्ने ४० वर्षीया कुमारी महतोको राउ स्मारक अस्पताल लहानमा उपचारको क्रममा आइतबार दिउसो
मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्