ट्रक सडकमै पल्टिँदा माेटरसाइकल र अटोमा सवार दुईजनाको च्यापिएर मृत्यु



मकवानपुर । ट्रक सडकमै पल्टिँदा माेटरसाइकल र अटोमा सवार दुईजनाको मृत्यु भएकाे छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-९ पशुपति नगरमा बाराबाट मकै बोकेर आएको ना६ख ७०१७ नम्बरको ट्रक पल्टिदा मोटरसाइकल र अटो च्यापिएका थिए ।

मोटरसाइकलका चालक हेटौंडा-४ का २० वर्षीय सुदिप घिमिरे र ना१ह ८९५९ नम्बरको अटोमा सवार हेटौंडा-४ कै ३५ वर्षीय गंगा चेम्जोङको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएकाे छ । ट्रक सडकमै पल्टिएपछि राजमार्गसमेत अवरुद्ध भएको छ । स्थानीय र प्रहरीले ट्रक हटाएर राजमार्ग सञ्चालनको प्रयास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्