इतिहासकार कमलप्रकाश मल्लको निधन



नेपाल समाचारपत्र, काठमाडौं ।
इतिहासकार कमलप्रकाश मल्लको निधन भएको छ। ८३ वर्षीय मल्लको अमेरिकाको एटलान्टामा गत राति ११ बजे निधन भएको उनको पारिवारीक स्रोतले जनाएको छ ।
मल्लका दुई छोराछोरी र श्रीमती अमेरिकामा छन्। उनको मंगलबार अमेरिकामै अन्त्येष्टी गरिनेछ।

मल्लले भाषा विज्ञान, नेपाल भाषासँगै विविध भाषा, नेपाल संवत्, संस्कृति र इतिहासको वैकल्पिक अध्ययनमा योगदान दिएका थिए।

प्रतिक्रिया दिनुहोस्